रात्रिबस दुर्घटना, २३ घाइते « Khabarhub

रात्रिबस दुर्घटना, २३ घाइते


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।

घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ८ : ३७ बजे

शिक्षा क्षेत्रमा रुसको ज्यादती

युक्रेनले पछिल्ला दुई साता यता ६ महिनादेखि रुसको निगरानीमा रहेका

लेस्टरको शानदार पहिलो जित

काठमाडौं – लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो

जस्प्रित बुमराह विश्वकप बाहिर

काठमाडौं – भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी–२० विश्वकप

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौं – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका

धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह

काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले