इजरायली आम निर्वाचन : प्रधानमन्त्री नेतान्याहुको दललाई अग्रता « Khabarhub

इजरायली आम निर्वाचन : प्रधानमन्त्री नेतान्याहुको दललाई अग्रता


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– इजरायलमा भएको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टी विजयी भएको छ ।

हालसम्म ९७ प्रतिशत मतगणना भइसक्दा नेतान्याहुको पार्टीले सरकार बनाउनका लागि सामान्य बहुमत नल्याए पनि सबैभन्दा ठूलो पार्टीको रुपमा अगाडि आएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि १ सय २० सिटको सदन कनासेटमा लिकुद पार्टीको ३० सिट रहेकोमा अहिले भने ५ सिट बृद्धि भएर ३५ सिट पुगेको बताइएको छ ।

त्यस्तै अर्को मध्य–दक्षिणपन्थी ‘निलो र सेतो’ गठबन्धनले पनि लिकुद पार्टीजत्ति नै ३५ सिट जितेको छ । अब नेतान्याहुले ‘निलो र सेतो’ गठबन्धनसँग मिलेर सरकार बनाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै नेतान्याहुले कीर्तिमानी ५ कार्यकालका लागि सरकार चलाउने बताइएको छ ।

पछिल्लो निर्वाचनलाई अनियमितता र भ्रष्टाचार प्रकरणमा मुछिँदै आएका नेतान्याहुको दक्षिणपन्थी सरकारको लोकप्रियताको जनमत सङ्ग्रहका रुपमा लिइएको थियो । निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टीका रुपमा अगाडि आएपछि उनले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।

चुनावको औपचारिक मतपरिणाम भने शुक्रबार मात्र सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : ५० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि