इजरायली आम निर्वाचन : प्रधानमन्त्री नेतान्याहुको दललाई अग्रता | Khabarhub Khabarhub

इजरायली आम निर्वाचन : प्रधानमन्त्री नेतान्याहुको दललाई अग्रता


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– इजरायलमा भएको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टी विजयी भएको छ ।

हालसम्म ९७ प्रतिशत मतगणना भइसक्दा नेतान्याहुको पार्टीले सरकार बनाउनका लागि सामान्य बहुमत नल्याए पनि सबैभन्दा ठूलो पार्टीको रुपमा अगाडि आएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि १ सय २० सिटको सदन कनासेटमा लिकुद पार्टीको ३० सिट रहेकोमा अहिले भने ५ सिट बृद्धि भएर ३५ सिट पुगेको बताइएको छ ।

त्यस्तै अर्को मध्य–दक्षिणपन्थी ‘निलो र सेतो’ गठबन्धनले पनि लिकुद पार्टीजत्ति नै ३५ सिट जितेको छ । अब नेतान्याहुले ‘निलो र सेतो’ गठबन्धनसँग मिलेर सरकार बनाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै नेतान्याहुले कीर्तिमानी ५ कार्यकालका लागि सरकार चलाउने बताइएको छ ।

पछिल्लो निर्वाचनलाई अनियमितता र भ्रष्टाचार प्रकरणमा मुछिँदै आएका नेतान्याहुको दक्षिणपन्थी सरकारको लोकप्रियताको जनमत सङ्ग्रहका रुपमा लिइएको थियो । निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टीका रुपमा अगाडि आएपछि उनले आफ्ना मतदातालाई धन्यवाद दिएका छन् ।

चुनावको औपचारिक मतपरिणाम भने शुक्रबार मात्र सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : ५० बजे

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला