जग्गा विवादमा संलग्नता छैन: महासचिव पौडेल « Khabarhub

जग्गा विवादमा संलग्नता छैन: महासचिव पौडेल


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैह्र कानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाएका छन् ।

महासचिव पौडेलले आज विज्ञप्ति जारी गर्दै प्रचलित कानून बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरीद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लििखत पारित गरी राजश्व लिई रजिष्ट्रेशन पास गरिदिएकाले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी समाचार प्रकाशित/प्रशारित भएकोमा दुःख व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ४ : १९ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका