सर्लाहीको वरहथवा नगरपालिकाका इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

सर्लाहीको वरहथवा नगरपालिकाका इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्लाहीको वरहथवा नगरपालिका–१३ को विनमाटोल भित्रको बाटो ढलान गर्दा अनियमितता भएको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा ३ सय ७४ मिटर लम्बाइ र १२ फिट चौडाइ भएको बाटो ढलान गर्दा अनियमितता भएको भेटिएको हो ।

वरहथवा नगरपालिकाले बाटो विस्तारका लागि २७ लाख रुपैयाँ निकास गरेकोमा उपभोक्ता समितिका अध्यक्ष नेपाल साह तथा नगरपालिकाका प्राविधिक इन्जिनियर संजीव यादवको मिलेमतोमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

अध्यक्ष साह र इन्जिनियर यादवको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी बाटोको ढलान गरिएको भेटिएको अख्तियारले जनाएको छ ।

अख्तियारले बाटो ढलानमा भएको अनियमितता संलग्न भएको भन्दै प्राविधि इन्जिनियर संजीव यादव, प्राविधिक सव–इन्जिनियर अनिल कुमार यादव र उपभोक्ता समितिका अध्यक्ष नेपाल साहविरुद्ध ४ लाख ६३ लाख ९ सय ९० रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै, उपभोक्ता समितिका सचिव प्रमोद कुमार राय र कोषाध्यक्ष कलापती कुमारी देवीविरुद्ध पनि ४ लाख ६३ हजार ९ सय ९० रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ५ : २२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा