'विपतलाई अवसरको रुपमा प्रयोग गरौं' | Khabarhub Khabarhub

‘विपतलाई अवसरको रुपमा प्रयोग गरौं’


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपतलाई अवसरको रूपमा प्रयोग गरेको बताएका छन् । उनले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको बताए ।

विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै निर्देशक ज्ञवालीले विविध कारणले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्र पुनःनिर्माण कार्यमा ढिलाइ भइरहेको बताए । परामर्शदाता जिम्मेवार व्यक्ति भएकाले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न जोड दिँदै प्राधिकरणको काममा सबै निकायले समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत बनेका सम्पदा गुणस्तरीय हुने र स्थानीय जनताको अपनत्व रहने बताउँदै सम्पदा र भौतिक निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्नेमा जोड दिए ।

भूकम्पमा भत्केका भक्तपुरका केही सम्पदा निर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणकै क्रममा रहेको जानकारी दिँदै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिएको खण्डमा पुनःनिर्माणको काम छिटो हुने बताए ।

ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको आयोजनामा भएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा पुनःनिर्माण गर्दा अनुसन्धान र मौलिक शैलीलाई जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ९ : ३४ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको