अस्ट्रेलियाको पैसामा ‘स्पेलिङ’ गलत छापिएपछि … « Khabarhub

अस्ट्रेलियाको पैसामा ‘स्पेलिङ’ गलत छापिएपछि …


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलियामा स्पेलिङ मिस्टेक भएको नोट जारी भएको सार्वजनिक भएको छ ।

अघिल्लो वर्षको अक्टोबर महिनाबाट प्रचलनमा आएको ५० अष्ट्रेलियन डलर बराबरका दशौं लाख नोटमा स्पेलिङ मिस्टेक भएको भन्ने यतिबेला आएर बल्ला थाहा भएको हो ।

अस्ट्रेलियाले मुलुककै पहिलो महिला सांसद् एडिथ कोवानको सम्मानमा नोट जारी गरेको थियो । ती नोटमा responsibility हुनुपर्नेमा responsibilty लेखिएको पाइएको हो । ५० डलरका ती नोटमा तीन स्थानमा responsibilty शब्दको स्पेलिङ मिस्टेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत अक्टोबरमा अस्ट्रेलियाको केन्द्रिय बैंक रोयल बैंक अफ अस्ट्रेलियाले ४ करोड ६० लाख भन्दा धेरै नोट जारी गरेको थियो ।
अस्ट्रेलियामा ५० डलरका नोट सबैभन्दा धेरै प्रयोगमा आउने अस्ट्रेलियाको केन्द्रिय बैंकले जनाएको छ ।

स्पेलिङ मिस्टेक भएका नोटमा सन् १९२१ देखि सन् १९२४ सम्म अस्ट्रेलियाको संसद्मा सदस्य रहेकी एडिथ कोवानको पहिलो सम्बोधन छापिएको छ । सोही सम्बोधनमा कोवानले प्रयोग गरेको responsibility स्पेलिङ मिस्टेक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाको केन्द्रिय बैंकले नोटमा स्पेलिङ मिस्टेक भएकोमा माफी माग्दै आइन्दा यस्तो त्रुटि नदोहोरिने बाचा गरेको छ । यद्यपि बैंकले स्पेलिङ मिस्टेक भएकै कारण ती नोटलाई बजारबाट फिर्ता गर्ने/नगर्नेमा भने केही स्पष्ट पारेको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ११ : ०६ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका