बुद्धजयन्ती मनाउन आयोजक समिति गठन « Khabarhub

बुद्धजयन्ती मनाउन आयोजक समिति गठन


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख गुठी, बौद्ध सामुदायिक सेवा केन्द्र, बौद्ध सितेरियो कराँते डोजो, बौद्ध फुटबल क्लब, छोरङान महिला समाजलगायत संस्थाको सहभागिता छ । जेठ १, २ र ३ गते बुद्ध बचन अनुवाद समितिले बौद्ध चैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ गर्ने कार्यक्रम छ ।

शान्ति प्राप्तिका लागि प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम राखिएको अनुवाद समितिका सम्पादक सम्पूर्णकुमार लामाले जानकारी दिए । बिर्य पारमिता, ध्यान पारमिता, शान्ति पारमिता र दान पारमितामध्येमा प्रज्ञा पारमिताको महत्व बढिरहेको छ । यसको साधनाले बुद्धत्व प्राप्त गर्न सकिने विश्वास छ ।

जेठ १ गते बिहान बौद्ध परिक्रमापछि अवतारी लामा लोब्साङ नाम्गेल रिम्पोछेको उपस्थितिमा १६ ठेली एवं एक लाख श्लोक सङ्ख्या रहेको प्रज्ञा पारमिता पाठ शुरु हुनेछ । तीन दिनसम्म २५ जना लामाले प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम छ ।

जेठ ३ गते बौद्ध परिसर सरसफाइ, ४ गते बिहान बौद्ध–स्वयम्भू–नमोबुद्धमा शान्ति दौड, ४ गते बिहान बौद्ध स्तुपमा विशेष पूजापाठ, दिउँसो ३ बजेपछि बौद्ध–चावहिल क्षेत्रमा शान्ति र्‍याली गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ५६ बजे

चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा भारतको

साफ च्याम्पियनसिप खेल्ने यु–२० महिला फुटबल टिमको विदाई

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–२० राष्ट्रिय महिला

उच्चस्तरीय प्रशासनमा सुधार आवश्यक : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्चस्तरीय प्रशासनमा सुधार आवश्यक भएको

छ महिनाभित्र श्रम मन्त्रालयमा टाइम कार्ड सुरु गरिने

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवाग्राहीलाई सहजरुपमा सेवा

सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोच बनाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको