बुद्धजयन्ती मनाउन आयोजक समिति गठन « Khabarhub

बुद्धजयन्ती मनाउन आयोजक समिति गठन


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख गुठी, बौद्ध सामुदायिक सेवा केन्द्र, बौद्ध सितेरियो कराँते डोजो, बौद्ध फुटबल क्लब, छोरङान महिला समाजलगायत संस्थाको सहभागिता छ । जेठ १, २ र ३ गते बुद्ध बचन अनुवाद समितिले बौद्ध चैत्य परिसरमा प्रज्ञा पारमिता सूत्र पाठ गर्ने कार्यक्रम छ ।

शान्ति प्राप्तिका लागि प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम राखिएको अनुवाद समितिका सम्पादक सम्पूर्णकुमार लामाले जानकारी दिए । बिर्य पारमिता, ध्यान पारमिता, शान्ति पारमिता र दान पारमितामध्येमा प्रज्ञा पारमिताको महत्व बढिरहेको छ । यसको साधनाले बुद्धत्व प्राप्त गर्न सकिने विश्वास छ ।

जेठ १ गते बिहान बौद्ध परिक्रमापछि अवतारी लामा लोब्साङ नाम्गेल रिम्पोछेको उपस्थितिमा १६ ठेली एवं एक लाख श्लोक सङ्ख्या रहेको प्रज्ञा पारमिता पाठ शुरु हुनेछ । तीन दिनसम्म २५ जना लामाले प्रज्ञा पारमिता पाठ गर्ने कार्यक्रम छ ।

जेठ ३ गते बौद्ध परिसर सरसफाइ, ४ गते बिहान बौद्ध–स्वयम्भू–नमोबुद्धमा शान्ति दौड, ४ गते बिहान बौद्ध स्तुपमा विशेष पूजापाठ, दिउँसो ३ बजेपछि बौद्ध–चावहिल क्षेत्रमा शान्ति र्‍याली गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  १ : ५६ बजे

इरानमाथि फेरि सैन्य कारबाही गर्न ट्रम्पलाई नेतान्याहुको दबाब

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि पुनः सैन्य

एनपीएल क्रिकेट : काठमाडौँले टस जित्यो

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको

बिगमार्टबाट ४१५ रुपैयाँको सामान किनेका पण्डितले पाए १० लाख

काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय समिति गठन गर्न माग

काठमाडौं– नेपाली कांग्रेसले पत्रकार धरपकड लगायतका सबै विवादित सरकारी गतिविधिको

दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

सप्तरी– तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती