राष्ट्रिय भलिबल फागुन २ देखि | Khabarhub Khabarhub

राष्ट्रिय भलिबल फागुन २ देखि


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११ र दोस्रो हुनेले रु ५१ हजार १०१ र तृतीय हुनेले रु २५ हजार १०१ सहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिइएको प्रतियोगीको मुख्य आयोजक प्रतापपुर गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ३० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास