सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्ने रकम बढ्यो | Khabarhub Khabarhub

सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्ने रकम बढ्यो


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफ्नो मुलुकमा सेना राखेबापत दक्षिण कोरियाले अमेरिकालाई तिर्दै आएको रकम बढाउने भएको छ । अमेरिकाले आफ्नो मुलुकमा सेना राखेबापत यसअघि ९ खर्ब ६० अर्ब वन तिर्दै आएकोमा अब दक्षिण कोरियाले त्यसलाई बढाएर हरेक वर्ष १० खर्ब भन्दा बढी तिर्नेछ । यस विषयमा आइतबार हस्ताक्षर भएको दक्षिण कोरियाली विदेशमन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका मामिलामा अमेरिकासँग निर्भर मुलुकहरुलाई आफ्नो उचित हिस्साको रकम तिर्न आग्रह गर्दै आएका थिए । त्यसैक्रममा दक्षिण कोरियासँग यस्तो सम्झौता भएको बताइएको छ । यो सम्झौता कार्यान्वयनमा आउनका लागि सुरुमा दक्षिण कोरियाको संसद्बाट पारित हुनुपर्ने प्रावधान छ ।

दक्षिण कोरियाले हरेक ५ वर्षमा नविकरण हुनेगरी अमेरिकासँग सुरक्षा सम्झौता गर्दै आएको छ । तर, पछिल्लो सम्झौताको म्याद भने केबल एक वर्ष छ । सन् १९५३ को कोरियाली युद्ध यता निरन्तर उत्तर कोरियाको सैनिक आक्रमणको भयका माझ दक्षिण कोरियामा २८ हजारभन्दा धेरै सैनिक तैनाथ छन् । अमेरिका र दक्षिण कोरियाले नियमित रुपमा संयुक्त बृहद सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ४८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका