उपचारको सहुलियत सिफारिश पालिकाबाटै, कुन रोगमा कति सहुलियत ? | Khabarhub Khabarhub

उपचारको सहुलियत सिफारिश पालिकाबाटै, कुन रोगमा कति सहुलियत ?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न आठ प्रकारका कडा रोगका बिरामीलाई सरकारले उपलब्ध गराउने सहुलियत अब पालिकाको सिफारिसमा दिइने भएको छ ।

यसअघि जिल्ला जनस्वास्थ्य कार्यलयको सिफारिसमा सहुलियत पाउँदै आएका विपन्न नागरिकले अब महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सिफारिसमा  सहुलियत पाउँने भएका छन् ।

सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिक २०७५ मा यो व्यवस्था गरेको हो । यो व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले गत कार्तिक १० गते स्वीकृत समेत दिइसकेका थिए ।

सरकारले मुटु, मृर्गौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीलाई कडा रोगको रुपमा परिभाषित गर्दै यस्ता रोगका बिरामीलाई उपचारमा सहुलियत दिंदै आएको छ ।

विपन्न नागरिक औषधि उपचार सहुलियत नेपाली नागरिकले सूचीकृत अस्पतालबाट रकम बराबरको सहुलियत पाउनेछन्

यसअघि यस्ता रोगका बिरामीलाई जिल्ला जनस्वास्थ्य कार्यलयले दिने सिफारिसको आधारमा सरकारले सहुलियत दिने गरेको थियो । मुलुक संघीय प्रणालीमा गएसँगै जिल्ला जनस्वास्थ्य कार्यलयहरु खारेज हुँदा सरकारले नयाँ निर्देशिका लागू गरी बिरामीलाई पालिकास्तरबाट सिफारिस गर्नुपर्ने व्यवस्था गरेको हो ।

कसरी लिन सकिन्छ सहुलियत ? 

विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनको लागि स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई वडा कार्यालयबाट सिफारिस लिनु पर्नेछ ।

उक्त सिफारिस, चिकित्सकको प्रिस्कृप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि र निवेदन सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ ।

निवेदन तथा आवश्यक कागजात प्राप्त भएपश्चात सम्बन्धित स्थानीय तहले आवश्यक जाँचबुझ गरी निवेदकलाई औषधि उपचार सहुलियत उपलब्ध गराउने प्रयोजनको लागि सम्बन्धित अस्पतालमा सिफारिस गर्नु पर्नेछ ।

गरीब परिवार परिचय पत्र भएका बिरामीहरुका लागी विपन्नता सिफारिस आवश्यक पर्नेछैन । उक्त परिचय पत्रकै आधारमा सम्बन्धित अस्पतालबाट सहुलियत पाउनेछन् ।

विपन्न नागरिक उपचार सेवा बापत सम्बन्धित बिरामीलाई नगदै भुक्तानी दिन पाइने छैन ।

मिर्गौला प्रत्यारोपण गर्ने बिरामीले प्रत्यारोपण पूर्व गरिने अङ्ग दाता र ग्रहणकर्ताको प्रयोगशाला परीक्षण र प्रत्यारोपण पश्चात औषधि सेवन सहुलियत पनि तोकिएको अस्पतालबाट हुनेछ ।

विपन्न नागरिक औषधि उपचार सहुलियत नेपाली नागरिकले सूचीकृत अस्पतालबाट रकम बराबरको सहुलियत पाउनेछन् ।

थप उपचार सेवाका लागी ‘रिफर’ भएका बिरामीले सम्बन्धित अस्पतालको सिफारिसमा ‘रिफर’ गरिएको अस्पतालमा उपचार सुनिश्चितता भए पश्चात सिधै सम्पर्क राख्न सक्नेछन् ।

कुन रोगमा कति सहुलियत ?

सरकराले आठ प्रकारको कडा रोगमा सहुलियत दिने भनेको भए पनि रोगको प्रकृति अनुसार सहुलियत पनि फरक फरक निर्धारण गरिएको छ ।

सरकारले मिर्गौला रोगमा ४ लाखसम्म सहुलियतको व्यवस्था गरेको छ । अल्पकालीन रूपमा मिर्गौला ले काम नगरेको बिरामीलाई डायलाइसिस वापत १ लाख सम्म उपलब्ध गराउछन् भने दुबै मिर्गौला फेल भइ डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशाला बापत १ लाख सहुलियत दिइन्छ । यस्तौ मिर्गौला प्रत्यारोपण पश्चात औषधि सेवनका लागि १ लाखको सुविधा दिइनेछ ।

सरकारले अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्कमा ५० हजार, हेमोडायलाइसिस बढीमा हप्ताको दुइ सेसन र सोभन्दा बढि गर्नुपर्ने अवस्थामा प्रति सेसन २५ सय, संक्रमित भएका बिरामिहरूलाइ डायलाइसिस उपचार सेवा वापत प्रति सेसन ४ हजार, पेरिटोनियल डायलाइसिस प्रति बिरामी महिनाको अधिकतम ९० प्याकेट सम्म निशूल्क व्यवस्था गरेको छ ।

मुटुरोग

मुटुको रोग विभिन्न प्रकारका हुन्छन् । सरकारले मुटुमा पेश मेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा, मुटुको भल्व पूर्णरूपमा क्षति भएको या मुटु फेल भएको अवसथामा उपचारका लागि १ लाख रूपैंया सहुलियत दिने गरेको छ ।

क्यान्सर

क्यान्सर धेरै थरीका हुन्छन् । सरकारले क्यान्सरका बिरामीलाई शल्यक्रिया, थप निदानात्मक सेवा, केमोथेरापी, रेडियोथेरापी, औषधी, औषधिजन्य सामाग्री, शय्या तथा सेवा शुल्कहरूमा १ लाख सम्म सहुलियत दिने व्यवस्था छ ।

पार्किन्सन्स

पार्किन्सन्स रोगमा प्रयोग हुने थप निदानात्मक सेवा, औषधि, औषधिजन्य सामग्री, शय्या तथा सेवा शुल्कमा सरकारले १ लाख सहुलियत दिने गरेको छ ।

अल्जाइमर्स

अल्जाइमर रोगमा प्रयेग हुने थप निदानात्मक सेवा, औषधि, औषधिजन्य सामाग्री, शय्या तथा सेवा शुल्कहरू रू १ लाख सम्म सहुलियतको व्यवस्था छ ।

स्पाइनल इन्जुरी

सरकारले दुर्घटनाजन्य र चोटपटकजन्य विरामिहरूलाइ शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्रीहरू, थप निदानात्मक सेवा, शय्या शुल्कमा १ लाख सहुलियत हुने व्यवस्था गरेको छ । स्पाइनल इन्जुरी भइ प्यारालाइसिस भएका बिरामीहरुलाई पुनस्र्थापनाका लागि थप १ लाख दिने गरेको छ ।

हेड इन्जुरी

दुर्घटनाजन्य र चोटपटकजन्य बिरामीहरूलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्रीहरू, थप निदानात्मक सेवा, शय्या सेवा शल्य तथा पुनस्र्थापना सेवाका लागि पनि एक लाख सहयोग गर्ने व्यवस्था छ ।

सिकलसेल एनिमिया

सरकारले सिकलसेल एनिमिया रोगका बिरामिहरूलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्कमा १ लाख सम्म सहुलियत दिने गरेको छ ।

यी अस्पतालमा पाइन्छ सरकारी सहुलियत

सरकारले विपन्न नागरिकका लागि आठ प्रकारका कडा रोगका उपचार हुने विभिन्न अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ । विपन्न नागरिकले उपचारमा सहुलियत पाउने ८० वटा अस्पतालहरु रहेका छन् ।

यी हुन् विपन्न नागरिकको उपचारका लागि सुचीकृत अस्पताल

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : ३० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न