रंगशालामा डोजर चलाउने चार जना रिहा– क्षमायाचना गर्दै भत्काएको बार बनाउने प्रतिबद्धता | Khabarhub Khabarhub

रंगशालामा डोजर चलाउने चार जना रिहा– क्षमायाचना गर्दै भत्काएको बार बनाउने प्रतिबद्धता


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् ।

डोजर प्रकरणका मुख्य आरोपी प्रकाश कँडेल, सुरेन्द्र बिक, भैरव बास्ताकोटी र ध्रुव चापागाईलाई जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राति साढे १० बजे रिहा गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो ।

पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको बताए । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुर्ननिर्माण गर्ने विषयमा सहमति जनाएपछि उनीहरुलाई रिहा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले बताए ।

पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् ।

डोजर लगाएर बार भत्काएपछि कार्यस्थलमा सुरक्षा नरेको भन्दै उपयुक्त वातावरण नबनेसम्मको लागि रंगशालाको निर्माण कार्यलाई धुर्मुस सुन्तली फाउण्डेसनले रोकेको थियो ।

विज्ञप्ति निकाल्दै उनीहरुले रंगशाला निर्माणको हाल रोकिएको कामलाई सुचारु गराउन धुर्मस सुन्तली फाउण्डेशनलाई आब्हान गरेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : १२ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि