अस्ट्रेलियामाथि हावी भयो भारत, अस्ट्रेलिया ३६ रनले पराजित « Khabarhub

अस्ट्रेलियामाथि हावी भयो भारत, अस्ट्रेलिया ३६ रनले पराजित


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । लण्डनस्थित दी ओभलमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गर्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारीत पुरा खेल खेल्दै सवै विकेट गुमाएर ३ सय १६ रन बनायो । भारतका बलरहरुले कसिलो बलिङ गर्दा अस्ट्रेलिया आफ्नो तेस्रो खेलमा ३६ रनले पराजित हुन पुग्यो ।

अस्ट्रेलियाका लागि तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका स्टेभ स्मिथले ६९ रन बनाएका थिए । उनले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, अविजित रहेका एलेक्स क्यारेले अर्धशतक सहित ५५ रन बनाए भने ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले ५६ रन बनाउँदा उसमान ख्वाजाले ४२ रन, कप्तान आरोन फिन्चले ३६ रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले २८ रनमा आउट भएपछि अस्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । म्याक्सवेल आउट भएपछि मैदान प्रवेश गरेका अस्ट्रेलियाका लागि कु्नै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अस्ट्रेलियाविरुद्ध भारतका तिव्र गतिका बलर जप्रित बु्रमाहर भुवनेश्वर कूमारले समान ३–३ विकेट लिए भने भुवनेश्वर कुमार र युज्भेन्द्र चहालले दुई विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर ३सय५२ रन बनाएको थियो ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक पुरा गर्दा अर्का ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र तेस्रो विकेटका रुपमा मैदान छिरेका कप्तान विराट कोहलीले अर्धशतक पुरा गरेका थिए ।

भारतका लागि शिखर धवनले सर्वाधिक १ सय १७ रन बनाए । उनले १सय९ बलको सामना गर्दै १६ चौका प्रहार गरेका थिए । यस्तै, कप्तान कोहलीले ८२ रन बनाउँदा शर्माले ५७ रन र हार्दीक पाण्ड्याले ४८ रन बनाएका थिए ।

पाण्ड्याले ३ छक्का र ४ चौका प्रहार गरेका थिए । यस्तै, विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले २७ रन बनाए ।

भारतविरुद्ध अस्ट्रेलियाका बलरले अपेक्षा अनुरुप बलिङ गर्न सकेनन् । तर, पनि भारतविरुद्ध मार्कस स्टो्निसले २ विकेट लिए भने पेट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टेर निलले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : ३० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि