अस्ट्रेलियामाथि हावी भयो भारत, अस्ट्रेलिया ३६ रनले पराजित « Khabarhub

अस्ट्रेलियामाथि हावी भयो भारत, अस्ट्रेलिया ३६ रनले पराजित


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । लण्डनस्थित दी ओभलमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गर्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारीत पुरा खेल खेल्दै सवै विकेट गुमाएर ३ सय १६ रन बनायो । भारतका बलरहरुले कसिलो बलिङ गर्दा अस्ट्रेलिया आफ्नो तेस्रो खेलमा ३६ रनले पराजित हुन पुग्यो ।

अस्ट्रेलियाका लागि तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका स्टेभ स्मिथले ६९ रन बनाएका थिए । उनले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, अविजित रहेका एलेक्स क्यारेले अर्धशतक सहित ५५ रन बनाए भने ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले ५६ रन बनाउँदा उसमान ख्वाजाले ४२ रन, कप्तान आरोन फिन्चले ३६ रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले २८ रनमा आउट भएपछि अस्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । म्याक्सवेल आउट भएपछि मैदान प्रवेश गरेका अस्ट्रेलियाका लागि कु्नै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अस्ट्रेलियाविरुद्ध भारतका तिव्र गतिका बलर जप्रित बु्रमाहर भुवनेश्वर कूमारले समान ३–३ विकेट लिए भने भुवनेश्वर कुमार र युज्भेन्द्र चहालले दुई विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर ३सय५२ रन बनाएको थियो ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक पुरा गर्दा अर्का ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र तेस्रो विकेटका रुपमा मैदान छिरेका कप्तान विराट कोहलीले अर्धशतक पुरा गरेका थिए ।

भारतका लागि शिखर धवनले सर्वाधिक १ सय १७ रन बनाए । उनले १सय९ बलको सामना गर्दै १६ चौका प्रहार गरेका थिए । यस्तै, कप्तान कोहलीले ८२ रन बनाउँदा शर्माले ५७ रन र हार्दीक पाण्ड्याले ४८ रन बनाएका थिए ।

पाण्ड्याले ३ छक्का र ४ चौका प्रहार गरेका थिए । यस्तै, विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले २७ रन बनाए ।

भारतविरुद्ध अस्ट्रेलियाका बलरले अपेक्षा अनुरुप बलिङ गर्न सकेनन् । तर, पनि भारतविरुद्ध मार्कस स्टो्निसले २ विकेट लिए भने पेट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टेर निलले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : ३० बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने