चीन विरुद्ध हङकङमा प्रदर्शन, २० वर्ष यताकै सबैभन्दा ठूलो आन्दोलन « Khabarhub

चीन विरुद्ध हङकङमा प्रदर्शन, २० वर्ष यताकै सबैभन्दा ठूलो आन्दोलन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–हङकङमा लाखौं मानिसले चीन विरुद्ध प्रदर्शन गरेका छन् । नयाँ कानूनले आफ्नो भूभागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रस्तावित सुपुर्दगी कानूनले संदिग्ध अपराधिहरुको परीक्षण वा जाँचबुझका लागि मुख्य भूमी चीन लैजाने अनुमति दिन्छ ।

आन्दोलनमा १० लाख भन्दा बढी मानिस सहभागी भएको आयोजकहरुले दाबी गरेका छन् भने प्रहरीले साढे २ लाख प्रदर्शनकारी भएको बताएको छ ।

हङकङमा २० वर्षभन्दा पछि भएको यो नै सबैभन्दा ठूलो प्रदर्शन रहेको बीबीसीले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडपसमेत भएको थियो ।

मास्क लगाएका केही प्रदर्शनकारीले विधान परिषद्को कार्यालयमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई बल प्रयोग गरेर हटाएको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गर्दै खुर्सानीको स्प्रे प्रयोग गरेको थियो ।

केही प्रदर्शनकारी र प्रहरीको अनुहार रगताम्मे भएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ७ : ५६ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले