सन्दीप लामिछाने आज स्वदेश फर्किँदै « Khabarhub

सन्दीप लामिछाने आज स्वदेश फर्किँदै


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने तीन साता लामो अष्ट्रेलिया बसाइपछि आज स्वदेश फर्किने भएका छन् ।

एकपछि अर्को विदेशी फ्रेन्चाइजी लिग खेलेर चर्चाको शिखरमा रहेका सन्दीप अष्ट्रेलियाका क्रिकेट एकेडेमीसँग केही छलफल लगायत केही व्यक्तिगत काममा लागि अष्ट्रेलिया पुगेको थिए ।

आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटको तयारीका लागि उनी नेपाल फर्किन लागेका हुन् ।

अष्ट्रेलिया बसाईका क्रममा उनले केही क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट गरेका थिए । इन्डियन प्रिमियर लिग आइपीएल खेलेर फर्किएपछि केही दिनको नेपाल बसाईपछि उनी अष्ट्रेलिया पुगेका थिए ।

उनी अष्ट्रेलियामा हुँदा दोस्रो पटक क्यारेवियन प्रिमियर लिगका लागि विक्रि भएका थिए । अघिल्लो संस्करणमा मात्र ५ हजार डलरमा विक्रि भएका उनी यसपटक ७० हजार डलरमा विक्रि भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : २० बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य