मलेसियामा पक्राउ परेका कलाकार अझै सम्पर्कविहीन « Khabarhub

मलेसियामा पक्राउ परेका कलाकार अझै सम्पर्कविहीन


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – इदको अवसर पारेर मलेसियामा कार्यक्रम गर्न पुगेका नेपाली कलाकार अझै सम्पर्कमा नआएको आफन्तले जनाएका छन् । त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन पुगेका कलाकारलाई मलेसियाको अध्यागमन प्रहरीले ३ दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेका आयोजक र कलाकार अझै पनि सम्पर्कविहीन रहेको बताइएको हो ।

कार्यक्रमका लागि मलेसिया पुगेका गायक राजेश पायल राईले पक्राउ परेका नेपाली अझै सम्पर्कमा नआएको बताए । उनका अनुसार कार्यक्रमको आयोजना गर्ने आयोजक पनि सम्पर्कमा छैनन् । ‘आयोजकहरू पनि गायब हुनुहुन्छ, शायद उहाँहरुलाई पनि पक्राउ गरिएको छ, सोध्ने क्रम जारी छ’, गायक राईले भने ।

उनले मलेसियामा रहेका नेपाली राजदूतलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको बताए ।

एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालबाट सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार कार्यक्रममा गर्न गएका थिए । ती कलाकारलाई प्रहरीले पक्राउ गरेको हो ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि कलाकारले यसबारेमा जानकारी दिएका थिएनन् । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १ : २१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा