फ्रेन्च ओपनमा नाडालको किर्तिमानी | Khabarhub Khabarhub

फ्रेन्च ओपनमा नाडालको किर्तिमानी


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राफल नाडालले फ्रेन्च ओपनको १२ औं उपाधि उचालेका छन् ।

फ्रान्सको पेरिसस्थित कोर्ट फिल्लीप च्याटेरिइरमा भएको फाइनलमा नाडालले अस्ट्रियाका डोमिनिक थिइमलाई ३–१ को सेटमा पराजित गरे ।

उनले पहिलो सेट ६–३ ले जीत हात पार्दा दोस्रो सेट ७–५ ले थिइमलाई सुम्पिएका थिए भने तेस्रो र चौथो सेटमा क्रमश : ६–१, ६–१ को सोझो सेटमा पराजित गर्न सफल भए ।

३३ वर्षे स्पेनीस टेनिस खेलाडी नाडालले फ्रेन्च ओपनको १२ औं पटक उपाधि उचालेका हुन् । टेनिसको विश्व वरियतमा रहेका नाडालले लगातार तेस्रो वर्षको फ्रेन्च ओपनको उपाधि हात पारेका हुन् ।

करियरको १८ औं ग्रान्डस्लाम जितेका नाडालले आफ्नो सफलतालाई बयान गर्न नसकिने बताएका छन् ।

‘म यसलाई बयान पनि गर्न सक्दैन जुन कुरा मैले प्राप्त गरेको छु र जे मैले महसुस गरीरहेको छु । यो एक सपना थियो,’ नाडालले अगाडि भने,‘२००५ मा पहिलो पटक खेल्दै गर्दा मैले कहिलै पनि सन् २०१९ मा याने स्थानसम्म पुग्छु भन्ने सोचेको थिएन । यो मेरा लागि उत्साहि क्षण हो ।’

यो उपाधिसँगै नाडाल फ्रेन्च ओपनमा १२ पटक उपाधि उचाल्ने एक्ला खेलाडी पनि बनेका छन् ।

पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने खेलाडीको दोस्रो स्थानमा १८ ग्रान्डस्लाम विजेता नाडाल रहँदा शीर्ष स्थानमा रोजर फेडेरर रहेका छन् । उनले २० ग्रान्ड स्लाम जितेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १ : १९ बजे

पार्टीका सबै कमिटीमा युवालाई समेट्नु पर्छ : राजिब पहारी

काठमाडौं । नेकपा एमालेका नेता राजिब पहारीले पार्टीका सबै कमिटीमा

अन्तरिम सरकारको रिपोर्ट कार्ड : एक महिनामा के गर्‍यो, के गरेन ?

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले

एमाले बैठकमा ओलीको गुनासो: केन्द्रीय सदस्यहरू मिडियाका संवाददाता बने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई

अफगान-पाक युद्धविराम : असहजताबीच सर्वसाधारण घर फिर्दै

काठमाडौं- अफगानिस्तान र पाकिस्तानबीच भएको घातक झडपपछि बिहीबार युद्धविराम लागू

कांग्रेस बैठक शुक्रबार पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि