फ्रेन्च ओपनमा नाडालको किर्तिमानी « Khabarhub

फ्रेन्च ओपनमा नाडालको किर्तिमानी


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राफल नाडालले फ्रेन्च ओपनको १२ औं उपाधि उचालेका छन् ।

फ्रान्सको पेरिसस्थित कोर्ट फिल्लीप च्याटेरिइरमा भएको फाइनलमा नाडालले अस्ट्रियाका डोमिनिक थिइमलाई ३–१ को सेटमा पराजित गरे ।

उनले पहिलो सेट ६–३ ले जीत हात पार्दा दोस्रो सेट ७–५ ले थिइमलाई सुम्पिएका थिए भने तेस्रो र चौथो सेटमा क्रमश : ६–१, ६–१ को सोझो सेटमा पराजित गर्न सफल भए ।

३३ वर्षे स्पेनीस टेनिस खेलाडी नाडालले फ्रेन्च ओपनको १२ औं पटक उपाधि उचालेका हुन् । टेनिसको विश्व वरियतमा रहेका नाडालले लगातार तेस्रो वर्षको फ्रेन्च ओपनको उपाधि हात पारेका हुन् ।

करियरको १८ औं ग्रान्डस्लाम जितेका नाडालले आफ्नो सफलतालाई बयान गर्न नसकिने बताएका छन् ।

‘म यसलाई बयान पनि गर्न सक्दैन जुन कुरा मैले प्राप्त गरेको छु र जे मैले महसुस गरीरहेको छु । यो एक सपना थियो,’ नाडालले अगाडि भने,‘२००५ मा पहिलो पटक खेल्दै गर्दा मैले कहिलै पनि सन् २०१९ मा याने स्थानसम्म पुग्छु भन्ने सोचेको थिएन । यो मेरा लागि उत्साहि क्षण हो ।’

यो उपाधिसँगै नाडाल फ्रेन्च ओपनमा १२ पटक उपाधि उचाल्ने एक्ला खेलाडी पनि बनेका छन् ।

पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने खेलाडीको दोस्रो स्थानमा १८ ग्रान्डस्लाम विजेता नाडाल रहँदा शीर्ष स्थानमा रोजर फेडेरर रहेका छन् । उनले २० ग्रान्ड स्लाम जितेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १ : १९ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।