भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड सहयोग « Khabarhub

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड सहयोग


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममाअर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको साथ रहने पनि बताए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ३ : ३४ बजे

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा

जात्रामय बन्यो टोखा

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय

आईपीएल : पञ्जाबविरुद्ध डी ककको अर्धशतक, ह्याट्रिकबाट चुके अर्शदीप

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत २४ औँ

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

काठमाडौं – सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले