घामले तपाईको छाला डढ्यो ? यसरी बनाउनुस् सफा र सुन्दर « Khabarhub

घामले तपाईको छाला डढ्यो ? यसरी बनाउनुस् सफा र सुन्दर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हिजोआज निकै गर्मी छ । बाहिर निस्किदा चर्को घामको कारण केही समयमै पसिना नै आउँछ । चर्को घाममा बाध्यताले हिड्नुपर्दा तपाईको छाला घामले निकै डढेको होला ।

कामबाट बेलुका घर फर्किएर ऐन हेर्दै आफ्नो डढेको छाला देखेर चिन्तित हुनुहन्छ । यदी यस्तो हो भने चिन्ता नलिनुस् । आज हामी तपाईलाई घामले डढेको छालालाई कसरी सफा र सुन्दर बनाउने भनेर घरेलु उपायबारे जानकारी दिदैछौं ।

घामले छाला डढेर चिन्तामा हुनुहुन्छ भने तपाईको चिन्ता एउटा गोलभेडाले हटाउन सक्छ । गोलभेडाको पेस्ट घामले डढेको तपाईको छालालाई सुन्दर र सफा बनाउँछ ।

यसरी गर्नुस् प्रयोग

–घामले डढेको छालालाई सुन्दर बनाउन गोलभेडाको पेस्ट बनाउने,

– त्यसलाई राम्रोसँग फेसमा लगाउने,

– गोलभेडाको पेस्ट राम्रोसँग लगाएर १५ मिनेटसम्म नचलाउने,

–१५ मिनेटपछि सफा पानीले मुख धुने,

–सफा र नरम कपडाले पुछ्ने,

–आफूले नियमित प्रयोग गर्ने मस्चराइजर क्रिम लगाउने,

यसरी गोलभेडाको पेस्ट बनाएर लगाउने बानीले तपाईको अनुहार तथा शरीरको छाला स्वास्थ्य र सुन्दर रहन्छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ९ : २५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा