अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील « Khabarhub

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

आपतकालीन इन्धन भण्डारबाट पेट्रोल र डिजेल बजारमा


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन भण्डारबाट पेट्रोल र डिजेल बजारमा पठाउन थालेको छ ।

यो निर्णयसँगै कुल ७६ करोड २० लाख (७६२ मिलियन) लिटर पेट्रोल र डिजेलको अतिरिक्त आपूर्ति उपभोक्तासम्म पुग्न थालेको छ।

पछिल्लो हप्ता विश्वभर जस्तै अष्ट्रेलियामा पनि इन्धनको मूल्य आकासिएपछि इन्धन नपाइने त्रासमा उपभोक्ताको लाइन बढेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

अस्ट्रेलियाको यो कदमले मूल्य वृद्धिलाई केही कम गर्ने अपेक्षा गरिएको छ। अष्ट्रेलियाली प्रतिस्पर्धा र उपभोक्ता आयोगका अनुसार, फेब्रुअरी २० देखि मार्च ११ को बीचमा अष्ट्रेलियाका पाँच ठूला सहरमा पेट्रोलको मूल्य प्रति लिटर झण्डै ५० सेन्टले बढेको छ।

हाल त्यहाँ औसत मूल्य प्रति लिटर २.२० अष्ट्रेलियन डलर पुगेको छ। न्यु साउथ वेल्स राज्यका तीन हजार पेट्रोल स्टेशनमध्ये ३२ वटामा इन्धन अभाव भएको वा रित्तिएको अधिकारीले बताएका छन्।

त्यहाँको सरकारले आवश्यकता अनुसार मात्र इन्धन किन्न आग्रह गरे तापनि, पेट्रोल स्टेशनमा मानिसको लामो लाइन लागेको छ। धेरैले इन्धन सञ्चय गरिरहेका छन्।

त्यहाँका इन्धन मन्त्रीले धेरै सञ्चयन नगर्न तर आवश्यकता अनुसार उपयोग गर्न अनुरोध गरेका छन्। इरानमा भएको बमबारीपछि इन्धनको माग दोब्बर भएकोले अनावश्यक सञ्चय नगर्न आधिकारिक निकायले अनुरोध गरेको हो ।

इरान र इजरायल–अमेरिकाबीच चर्किएको युद्धले इन्धन संकट विश्वव्यापी समस्या बनेको छ । अष्ट्रेलिया आफ्नो इन्धन आपूर्तिको ठूलो हिस्सा आयातमा निर्भर रहने हुनाले यसको प्रत्यक्ष असर परेको हो।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ६ : ४९ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।