प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण होइनः गृहमन्त्री थापा | Khabarhub Khabarhub

प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण होइनः गृहमन्त्री थापा


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएरपछि छोडिएको बताए ।

‘नागरिकको जीउ धनको सुरक्षा गर्नु सरकारको दायित्व हो, कानून विपरीत बल प्रयोग भए नभएको छानबिनबाट अवगत हुनेछ, प्रदर्शनकारी र प्रहरी घाइते भएकामा दुःख व्यक्त गर्न चाहन्छु’, गृहमन्त्री थापाले भने ।

उनको जवाफपछि प्रश्न गर्नुहुँदै सांसद बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशप्रसाद यादवले गृहमन्त्रीको जवाफ तयारी जस्तो देखिएको र छानबिन समिति गठन गरिएको छ छैन स्पष्ट पार्न आग्रह गरे ।

सरकारको संयमता नदेखिएको उल्लेख गर्दै उनीहरुले दमन गर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक छ भनी जिज्ञासा राखेका थिए ।
सांसदका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले दोषी देखिने प्रहरी र प्रदर्शनकारी दुवैलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार नभएको र प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण नहुने उनले बताए ।

शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन, हस्तक्षेप नगरी संरक्षण नै गर्ने गरिएको गृहमन्त्री थापाले सुनाए ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : १० बजे

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित

ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क

वाशिंटन – अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, आज द्विपक्षीय वार्ता

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख