स्याङ्जा–भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ। पुलको शिलान्यास गरेर फर्किने क्रममा खोला तर्दा गाडी बीचभागमा फसेको हो ।
सोमबार स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलाको पुल शिलान्यास गर्न मन्त्री महासेठ पुगेका थिए । प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर फसेको हो ।
गाडी खोलाको बीच भागमा पुगेर आधीभाग डुबेपछि मन्त्री महासेठ सो गाडीबाट ओर्लिएर अर्को गाडी चढेर सदरमुकाम आएका थिए । मन्त्री महासेठ शिलान्यास गर्न भने अर्कै बाटोबाट गएका थिए । फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो ।
केही समयपछि खोलामा फसेको मन्त्रीको गाडी खोलाबाट निकालिएको थियो । पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ। खोलामा फसेको गाडीको इन्जिन भने ‘सिज’ भएको छ ।
प्रतिक्रिया