पुल शिलान्यास गरेर फर्किएका मन्त्री महासेठकै गाडी खोलामा फस्यो « Khabarhub

पुल शिलान्यास गरेर फर्किएका मन्त्री महासेठकै गाडी खोलामा फस्यो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा–भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ। पुलको शिलान्यास गरेर फर्किने क्रममा खोला तर्दा गाडी बीचभागमा फसेको हो ।

सोमबार स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलाको पुल शिलान्यास गर्न मन्त्री महासेठ पुगेका थिए । प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर फसेको हो ।

गाडी खोलाको बीच भागमा पुगेर आधीभाग  डुबेपछि मन्त्री महासेठ सो गाडीबाट ओर्लिएर अर्को गाडी चढेर सदरमुकाम आएका थिए । मन्त्री महासेठ शिलान्यास गर्न भने अर्कै बाटोबाट गएका थिए । फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो ।

केही समयपछि खोलामा फसेको मन्त्रीको गाडी खोलाबाट निकालिएको थियो । पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ। खोलामा फसेको गाडीको इन्जिन भने ‘सिज’ भएको  छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै