नक्कली नोटको नालीबेली, ८ महिनाका ५ ठूला अपरेशन « Khabarhub

नक्कली नोटको नालीबेली, ८ महिनाका ५ ठूला अपरेशन



काठमाडौं– केही वर्ष अघिसम्म नेपालमा भारतीय नक्कली नोटको चर्चा खुबै सुनिन्थ्यो । पटक–पटक गरी करोडौं रुपैयाँ बराबरको भारतीय नक्कली नोट पनि बरामद् भयो नेपालबाट । यतिमात्र होइन, भारतिय नक्कली नोटसँग जोडिएर हत्यासम्मका अपराधका घटना पनि दोहोरिए । अहिले पुनः नेपालमा नक्कली नोटको बिगबिगी बढेको छ, भारतिय नभई नेपाली नोट कै ।

गत माघ २६ गते शनिबार राति प्रहरीले काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित एकजनालाई पक्राउ ग¥यो । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोंगबुस्थित एक घरमा छापा मारी पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको हो । नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार छन् ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी बसन्तकुमा लामा यो विषयमा अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्ने बताउँछन् । यो त एउटा प्रतिनिधिमूलक उदाहारण मात्र हो । पछिल्लो ८ महिनाको अवधिमा काठमाडौंबाट ५ पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद् भइसकेको छ ।

नक्कली  नोट बरामद्को श्रृंखला

 २०७५ माघ २६ गते,

काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना पक्राउ
 २०७५ कात्तिक ४ गते,

काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ५ जना पक्राउ
 २०७५ असोज २६ गते,

काठमाडौंको रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
 २०७५ असोज २३ गते,

काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
 २०७५ जेठ २ गते,

२ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ६ जना पक्राउ

                                                                                      स्रोत : महानगरीय प्रहरी परिसर, काठमाडौं

यो बाहेक दुई बर्ष अघि पनि प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट ५ सय दरका ३१ थान नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको थियो । उनले आफ्नै घरमा रंगिन फोटोकपी गरेर नक्कली नोट तयार पार्ने गरेका थिए ।

यस बाहेक पनि काठमाडौंमा फाट्ट फुट्ट रुपमा नक्कली नोट बरामद् भइरहेका छन् । परिसर प्रमुख लामाका अनुसार, पछिल्लो समय काठमाडौंमा नक्कली नोट बरामद्का घटना बढेका छन् । उनि भन्छन्– ‘पछिल्लो समय काठमाडौंमा नक्कली नेपाली नोट बरामद्को श्रृङ्खला बढेको छ ।’

संगठित रुपमै कारोबार

पूर्वडिआइजी देवेन्द्र सुवेदीका अनुसार काठमाडौंबाट अहिलेसम्म नक्कली नोटसहित पक्राउ परेका उदाहारण हेर्दा यसमा संगठित रुपमा नै गिरोहहरु सक्रिय छन् । विशेष गरी महत्वकांक्षी युवाहरु संगठित भएर यसको कारोबारमा लागेका छन् ।

केही घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ । उनका अनुसार, नक्कली नेपाली रुपैयाँको बजार भनेको नेपालमै हो । कारोबारीहरुले मुख्य गरी भीडभाडमा किनमेल गर्दा तथा धेरै रुपैयाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ ।

नेपालमै पनि छापिन्छ नक्कली नोट

गत कात्तिकमा प्रहरीले ३ लाख ७० हजार नक्कली रुपैयाँसहित काठमाडौंका विभिन्न स्थनबाट ५ जनालाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख लामाका अनुसार उनीहरुले कीर्तिपुरको मच्छेगाउँमा मेसिन नै राखेर नक्कली नोट छाप्ने गर्थे ।
यसलाई हेर्दा नेपालमै पनि नक्कली नोट छापिने कुरा प्रमाणित हुन्छ । यसबाहेक भारतमा पनि नक्कली नेपाली रुपैयाँ छापिने गरेको लामाको अनुमान छ ।

के छ कानूनी व्यवस्था ?

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ ।

सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारोबारीहरुलाई कारबाही अगाडि बढाउँदै आएको छ । बजारमा नक्कली नोटको बिगबिगी बढेको र यसको रोकथामका विषयमा पूर्व डिआइजी सुवेदीका भन्छन्– ‘नक्कली नोटको कारोबार नियन्त्रणका लागि कानूनको कार्यान्वय मात्र होइन, आम नागरिक पनि सचेत हुनु जरुरी छ ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ०० बजे

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न नौ वटा संसदीय समितिको

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली