नक्कली नोटको नालीबेली, ८ महिनाका ५ ठूला अपरेशन « Khabarhub

नक्कली नोटको नालीबेली, ८ महिनाका ५ ठूला अपरेशन



काठमाडौं– केही वर्ष अघिसम्म नेपालमा भारतीय नक्कली नोटको चर्चा खुबै सुनिन्थ्यो । पटक–पटक गरी करोडौं रुपैयाँ बराबरको भारतीय नक्कली नोट पनि बरामद् भयो नेपालबाट । यतिमात्र होइन, भारतिय नक्कली नोटसँग जोडिएर हत्यासम्मका अपराधका घटना पनि दोहोरिए । अहिले पुनः नेपालमा नक्कली नोटको बिगबिगी बढेको छ, भारतिय नभई नेपाली नोट कै ।

गत माघ २६ गते शनिबार राति प्रहरीले काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित एकजनालाई पक्राउ ग¥यो । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोंगबुस्थित एक घरमा छापा मारी पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको हो । नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार छन् ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी बसन्तकुमा लामा यो विषयमा अनुसन्धान भइरहेकाले थप विवरण आउन केही समय लाग्ने बताउँछन् । यो त एउटा प्रतिनिधिमूलक उदाहारण मात्र हो । पछिल्लो ८ महिनाको अवधिमा काठमाडौंबाट ५ पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद् भइसकेको छ ।

नक्कली  नोट बरामद्को श्रृंखला

 २०७५ माघ २६ गते,

काठमाडौंको गोगंबुबाट १ लाख ५० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना पक्राउ
 २०७५ कात्तिक ४ गते,

काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ५ जना पक्राउ
 २०७५ असोज २६ गते,

काठमाडौंको रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
 २०७५ असोज २३ गते,

काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित १ जना पक्राउ
 २०७५ जेठ २ गते,

२ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट सहित ६ जना पक्राउ

                                                                                      स्रोत : महानगरीय प्रहरी परिसर, काठमाडौं

यो बाहेक दुई बर्ष अघि पनि प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट ५ सय दरका ३१ थान नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको थियो । उनले आफ्नै घरमा रंगिन फोटोकपी गरेर नक्कली नोट तयार पार्ने गरेका थिए ।

यस बाहेक पनि काठमाडौंमा फाट्ट फुट्ट रुपमा नक्कली नोट बरामद् भइरहेका छन् । परिसर प्रमुख लामाका अनुसार, पछिल्लो समय काठमाडौंमा नक्कली नोट बरामद्का घटना बढेका छन् । उनि भन्छन्– ‘पछिल्लो समय काठमाडौंमा नक्कली नेपाली नोट बरामद्को श्रृङ्खला बढेको छ ।’

संगठित रुपमै कारोबार

पूर्वडिआइजी देवेन्द्र सुवेदीका अनुसार काठमाडौंबाट अहिलेसम्म नक्कली नोटसहित पक्राउ परेका उदाहारण हेर्दा यसमा संगठित रुपमा नै गिरोहहरु सक्रिय छन् । विशेष गरी महत्वकांक्षी युवाहरु संगठित भएर यसको कारोबारमा लागेका छन् ।

केही घटनामा भारतीय नागरिकको समेत संलग्नता देखिएको छ । उनका अनुसार, नक्कली नेपाली रुपैयाँको बजार भनेको नेपालमै हो । कारोबारीहरुले मुख्य गरी भीडभाडमा किनमेल गर्दा तथा धेरै रुपैयाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ ।

नेपालमै पनि छापिन्छ नक्कली नोट

गत कात्तिकमा प्रहरीले ३ लाख ७० हजार नक्कली रुपैयाँसहित काठमाडौंका विभिन्न स्थनबाट ५ जनालाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख लामाका अनुसार उनीहरुले कीर्तिपुरको मच्छेगाउँमा मेसिन नै राखेर नक्कली नोट छाप्ने गर्थे ।
यसलाई हेर्दा नेपालमै पनि नक्कली नोट छापिने कुरा प्रमाणित हुन्छ । यसबाहेक भारतमा पनि नक्कली नेपाली रुपैयाँ छापिने गरेको लामाको अनुमान छ ।

के छ कानूनी व्यवस्था ?

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार, खोटा मुद्रा बनाउने काममा संलग्न भएमा खोटा मुद्राको परिणाम र मूल्य विचार गरी ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ ।

सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारोबारीहरुलाई कारबाही अगाडि बढाउँदै आएको छ । बजारमा नक्कली नोटको बिगबिगी बढेको र यसको रोकथामका विषयमा पूर्व डिआइजी सुवेदीका भन्छन्– ‘नक्कली नोटको कारोबार नियन्त्रणका लागि कानूनको कार्यान्वय मात्र होइन, आम नागरिक पनि सचेत हुनु जरुरी छ ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ०० बजे

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६