अल्जेरियाका राष्ट्रपति बोटेफ्लिकाले पुनः उम्मेद्वारी दिने | Khabarhub Khabarhub

अल्जेरियाका राष्ट्रपति बोटेफ्लिकाले पुनः उम्मेद्वारी दिने


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले आगामी अप्रिल महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिने गरेका छन् ।

बोट्फ्लिकाले अल्जेरियाको प्रेस सेवा एपीएसलाई पठाएको पत्रमा मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक आधारमा उम्मेद्वारी दिने जनाएका हुन् ।

बोटेफ्लिका सन् १९९९ देखि राष्ट्रपतिको रुपमा कार्यरत छन् । विपक्षीको निकै कम मात्र प्रभाव रहेकाले यस चुनावमा पनि बोटेफ्लिका विजयी हुने अनुमान गरिएको छ ।

यसअघि शनीबारमात्र मुलुकको सत्तारुढ दल नेशनल लिबरेसन फ्रन्टले बोटेफ्लिकालाई यस वर्षको अप्रिल १८ का दिन हुने राष्ट्रपतीय निर्वाचनमा पाचौँ कार्यकालका लागि उम्मेद्वार बनाउने घोषणा गरेको थियो ।

सन् २०१३ मा मष्तिष्कघात भएयता ८१ वर्षीय बोटेफ्लिका दुर्लभ मात्रै सार्वजनिक कार्यक्रममा देखिँदै आएका छन् । पछिल्ला केही वर्षयता उनी ह्विलचियरको साहारामा हिँडडुल गर्ने गरेको तस्बीर सार्वजनिक हुने गरेको छ ।

पछिल्ला केही महिनायता उनी बिरामी परेको समाचार आउने गरेको छ । स्वास्थ्य समस्याकै कारण उनले गत डिसेम्बरमा अल्जेरियाका भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि भेटवार्ता गर्न असक्षम भएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : ५९ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ