भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन: महासचिव पौडेल « Khabarhub

भेनेजुएला प्रकरणले पार्टीमा विवाद छैन: महासचिव पौडेल


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उनले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताए ।

महासचिव पौडेलले बुटवल–सुनौली छ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ सिक्दै अवका आयोजना तीव्रताका साथ अगाडि बढाइने स्पष्ट पारे । उनले अब केही हप्ताभित्र बुटवल नारायणगढ सडक विस्तारको काम पनि शुरु हुने जानकारी दिँदै सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डिपिआर निर्माणको काम अगाडि बढिरहेको बताए ।

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकारका कामकारवाहीलाई रचनात्मक ढङ्गले आलोचना गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य दधिराम न्यौपानेले मुलुकको शान्ति र समृद्धिमा थप भूमिका खेल्न पत्रकारलाई आग्रह गरे ।  त्यस अवसरमा तिलोत्तमा नगरपालिका–५ निवासी ५६ वर्षीया श्रमिक महिला उमाकला विकलाई २० वर्षदेखि परम्परागत आरन पेशा सञ्चालन गरिएको भन्दै आठ हजारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : १६ बजे

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर

गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ’ब्रान्ड एम्बेसडर’ बने क्रिकेटर शेर मल्ल

काठमाडौं- नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाठौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बागदरबार रेट्रोफिटिङले लियो गति, २०८४ मंसिरमा सक्ने लक्ष्य (तस्बिरहरू)

काठमाडौं– सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ ।