मलेसियामा अवैध आप्रवासी श्रमिकमाथि धरपकड, सयभन्दा धेरै पक्राउ, नेपाली पनि परे « Khabarhub

मलेसियामा अवैध आप्रवासी श्रमिकमाथि धरपकड, सयभन्दा धेरै पक्राउ, नेपाली पनि परे


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेसियामा अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार बसेको स्थानमा मलेसियाली प्रहरीले धरपकड गरेको छ ।

मलेसियाको अध्यागमन प्रहरीले एक हजारभन्दा धेरै विदेशी कामदारको राहदानी र अन्य कागगजागत खोजतलाश गरेको मलेसियाली सञ्चारमाध्यले जनाएका छन् ।

मलेसिया प्रहरीले सोमबार र मंगलबार गरेको धरपकडमा १ सय २ जना विदेशी पक्राउ परेको मलेसियाको दस्टार अनलाइनले अध्यागमन प्रहरी उदृत गर्दै समाचारमा जनाएको छ ।

प्रहरीले विदेशी कामदारले काम गर्ने निर्माण क्षेत्रहरु, होटल, रेष्टुराँ, भाडामा लगाइएका घरहरु, पसल, खाना खाने साना होटलहरु लगायतमा खोजतलाशको कारवाही गरेको जनाइएको छ ।

प्रहरीले मलेसियाका ९० स्थानमा छापा मार्दा ५३ जना म्यानमारका नागरिक, २२ जना बंगलादेशी, ११ जना ईण्डोनेशियाली, ९ जना फिलिपनो, दुईजना नेपाली, दुईजना पाकिस्तानी तथा दुई जना थाईल्याण्डका नागरिक पक्राउ परेको जनाएको छ । पक्राउ परेकालाई अध्यागमन कार्यालयहरुको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १२ : ३२ बजे

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा