विवाहअघि युवतीसँग यस्तो झुठ बोल्छन् पुरुष « Khabarhub

विवाहअघि युवतीसँग यस्तो झुठ बोल्छन् पुरुष


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कुनै पनि युवतीलाई आफ्नो प्रेमममा पार्नका लागि वा विवाहको लागि राजी गर्न युवाहरुले झुठको साहरा लिने गरेका छन् ।

युवतीलाई इम्प्रेशन पार्नका लागि युवाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन सहज भने हुँदैन । हुन त विवाह भन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरुले पनि धेरै कुरामा झुठको साहरा लिने गरेका हुन्छन् ।

आज हामी यहाँ युवाले युवतीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठ यहाँ उल्लेख गर्दै छौं ।

तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन । (यसअघि पनि उसले अरु युवतीलाई पनि यसै भनेको हुन्छ ।)

योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (युवाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ सम्बन्धका लागि यस्तो बताउँने गर्छ ।)

विवाह पछि म रक्सी, चुरोट केही पिउँदिन । (विवाह अघि चुरोट, रक्सी पिउनेहरुले विवाह गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।)

विवाहमा म तिम्रो परिवारलाई दुख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।(विवाहका लागि राजी गराउनका युवाले युवतीलाई यस्तो भन्ने गर्छन् ।)

तिम्रो वुवा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै युवतीको दिल जित्न खोज्ने कम हुँदैनन् । तर विवाह पछि भने उनीहरुले यो सम्बन्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।)

विवाहपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने युवाहरुले विवाहको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : ०१ बजे

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा