संवैधानिक निकायहरुको काममा सरकार र संसदले अवरोध गर्न हुँदैन– मैनाली « Khabarhub

संवैधानिक निकायहरुको काममा सरकार र संसदले अवरोध गर्न हुँदैन– मैनाली


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसदलाई सचेत गराएका छन् ।

अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुर्‍याउने स्पष्ट पारे ।

उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पुर्‍याउनु रहेकाले उनीहरुको काममाथि अवरोध गर्न नहुने पनि स्पष्ट पारे । बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने पनि स्मरण गराए ।

अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए ।

उनले आरक्षणसम्बन्धि कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको पनि उल्लेख गरे । आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगहरुलाई पनि अध्यक्ष मैनालीको आग्रह छ ।

अध्यक्ष मैनालीले नेपालको संविधान समावेशीताका दृष्टिले उत्कृष्ट रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १ : ४६ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल