प्रदेशमा समायोजन हुने प्रहरीको स्वतः एक तह बढुवा गर्न प्रस्ताव « Khabarhub

प्रदेशमा समायोजन हुने प्रहरीको स्वतः एक तह बढुवा गर्न प्रस्ताव


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीबाट प्रदेश प्रहरीमा समायोजन हुने प्रहरी कर्मचारीको स्वतः एक तह बढुवा हुने प्रस्ताव अगाडि सारिएको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले यस्तो प्रस्ताव अगाडि सारेका छन् । समायोजनपछि पनि प्रहरीको मनोबल कमजोर हुन नदिन स्वतः एक तह बढुवा हुने व्यवस्था गर्नुपर्ने बडुको भनाइ छ ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै बडुले सशस्त्र प्रहरीको गठनका बेला र निजामती सेवाका कर्मचारीको हकमा लागू भईसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने तर्क पनि अगाडि सारे ।

विधेयकमा करिव २० हजार प्रहरी कर्मचारी संघ मातहत रहने र अन्य (करिब ५५ हजार)लाई प्रदेशमा समायोजन गर्ने व्यवस्था गरिएको छ ।

सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उच्च राख्न पनि उनीहरुको स्वतः एक तह बढुवा गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : ३८ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड