जासुसी गरेको अभियोगमा यमनमा ३० जनालाई मृत्युदण्डको फैसला « Khabarhub

जासुसी गरेको अभियोगमा यमनमा ३० जनालाई मृत्युदण्डको फैसला


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना- साउदी अरब नेतृत्वको सैनिक गठबन्धनका लागि जासुसी गरेको अभियोगमा यमनमा ३० जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको एक अदालतले हुथी विद्रोहीविरुद्ध कारवाही गर्दै आएको साउदी नेतृत्वको गठबन्धनका लागि जासुसी गरेको अभियोगमा ३० जनालाई मृत्युदण्डको फैसला सुनाएको हो ।

मृत्युदण्ड पाउनेहरु इस्लाहा भनिने मुस्लिम ब्रदरहुड पार्टीको यमनी शाखाका सदस्यहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्युदण्ड पाउने अधिकांश प्राध्यापक, विद्वान् तथा विद्यार्थीहरु छन् ।

उनीहरुलाई सन् २०१६ मा हुथी विद्रोहीले गरेको कारबाहीका क्रममा पक्राउ गरिएको थियो । मृत्युदण्ड पाएकाहरुले अदालतको आदेशविरुद्ध पुनरावेदन दिनसक्ने प्रावधान रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अदालतको आदेशलाई कानूनी राज्यको उपहास भएको जनाउँदै उनीहरुलाई तत्काल रिहा गर्न हुथी विद्रोहीलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ०८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले