जासुसी गरेको अभियोगमा यमनमा ३० जनालाई मृत्युदण्डको फैसला « Khabarhub

जासुसी गरेको अभियोगमा यमनमा ३० जनालाई मृत्युदण्डको फैसला


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना- साउदी अरब नेतृत्वको सैनिक गठबन्धनका लागि जासुसी गरेको अभियोगमा यमनमा ३० जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाको एक अदालतले हुथी विद्रोहीविरुद्ध कारवाही गर्दै आएको साउदी नेतृत्वको गठबन्धनका लागि जासुसी गरेको अभियोगमा ३० जनालाई मृत्युदण्डको फैसला सुनाएको हो ।

मृत्युदण्ड पाउनेहरु इस्लाहा भनिने मुस्लिम ब्रदरहुड पार्टीको यमनी शाखाका सदस्यहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्युदण्ड पाउने अधिकांश प्राध्यापक, विद्वान् तथा विद्यार्थीहरु छन् ।

उनीहरुलाई सन् २०१६ मा हुथी विद्रोहीले गरेको कारबाहीका क्रममा पक्राउ गरिएको थियो । मृत्युदण्ड पाएकाहरुले अदालतको आदेशविरुद्ध पुनरावेदन दिनसक्ने प्रावधान रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अदालतको आदेशलाई कानूनी राज्यको उपहास भएको जनाउँदै उनीहरुलाई तत्काल रिहा गर्न हुथी विद्रोहीलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ०८ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र