बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा « Khabarhub

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२-८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । 

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ४१७ ले बढेको हो ।

जन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सेवा लिनेमध्ये २० वर्षमुनिका एक सय ३४ जना छन् । नेपाल परिवार नियोजन सङ्घ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनुपर्ने जोखिम क्रमशः घट्दै गएको बताइन् ।

नेपालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएपछि महिलामा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवाको पहुँच बढेको उनको भनाइ छ । नेपाल परिवार नियोजन सङ्घका २० शाखामध्ये बाँके शाखाले पनि सुरक्षित गर्भपतन सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

भेरी अस्पताल नेपालगञ्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन बुढाथोकीले पछिल्लो समय स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिने क्रम बढेकाले जोखिम न्यूनीकरण भइरहेको बताए ।

उनका अनुसार विगतमा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, सङ्क्रमण, पाठेघरमा चोटपटकदेखि महिलाको ज्यानै जोखिममा पर्नेसम्मका समस्या देखिने गरेको थियो ।  डा बुढाथोकीले तोकेका स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन आग्रह गरे।    
 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : ५८ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल