पपुवा न्यूगिनीमा जातीय हिंसामा २४ जना मारिए « Khabarhub

पपुवा न्यूगिनीमा जातीय हिंसामा २४ जना मारिए


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पार्ट मोरस्वी– पपुवा न्यूगिनीमा भएको जातीय हिंसामा कम्तीमा २४ जना मारिएका छन् ।

पपुवा न्यूगिनीको मध्यभागमा रहेको दुर्गम हेला प्रान्तमा भएको जातीय हिंसामा अन्य दर्जनौं घाइते भएका छन् । हिंसामा मारिनेमा गर्भवती महिला र बालबालिका समेत छन् ।

हागुई, ओकिरु र लिवी जातीबीच छेडिएको हिंसापछि हत्याकाण्ड भएको हो । पछिल्ला केही दिनयता हेला प्रान्तमा विभिन्न जातीय समुदायबीच श्रोत तथा साधनका विषयमा तीब्र मतभेद रहेको र यो हिंसामा परिणत भएको हुनसक्ने आँकलन गरिएको छ । यद्यपि पछिल्लो हिंसाको विषयलाई लिएर भएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

त्यहाँका प्रधानमन्त्री जेम्स मारापेले यसलाई आफ्नो जीवनकै सबैभन्दा दुखद दिनको संज्ञा दिएका छन् । उनले हिंसामा संलग्नलाई कानूनी दायरामा समेत ल्याउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ५ : ०८ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको