विप्लव नेकपामाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए | Khabarhub Khabarhub

विप्लव नेकपामाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै उसका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

यो चार महिनाको अवधिमा एक जना सर्वसाधारणसहित दुई पक्षतर्फ गरी १० जनाले ज्यान गुमाएका छन् । प्रहरीतर्फ एक जनाको मृत्यु भएको छ भने प्रहरीको कारबाहीमा विप्वल समूहका ३ जना मारिएका हुन् । त्यस्तै बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।

बुधबार भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएसँगै विप्लव समूहतर्फ ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । भोजपुरमा भएको घटनमा ओखलढुंगा इन्चार्ज रहेका नीरकुमार राई मारिएका हुन् । यसअघि भोजपुरमा १ र सर्लाहीमा १ जना मारिएका थिए ।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विप्लव समूहका कार्यकर्ता मारिएका थिए । उक्त घटनामा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल मारिएका थिए ।

यो अवधिमा नेपाल प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको छ । बुधबार भोजपुरमा भएको गोली हानहानमा प्रहरी जवान सञ्जीव राई मारिएका हुन् भने अर्का एकजना प्रहरी घाइते भएका छन् ।

गत असारमा कुमार पौडेल मारिएको विरोधमा विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बम विस्फोट हुँदा पाँच जना विप्लवका कार्यकर्ताले ज्यान गुमाएका थिए । उक्त घटनामा थप एक सर्वसाधारणको ज्यान गएको थियो ।

करिव पाँच महिनाको अवधिमा प्रहरीको कारबाहीमा विभिन्न जिल्लामा गरी विप्लवका ७ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।विप्लवका गतिविधिमाथि कडा निगरानी गरिरहेको प्रहरीले यो अवधिमा विभिन्न हात हतियार समेत बरामद गरेको छ ।

बरामद गरिएको तथ्यांक

• हतियार बरामदः- २३ नाल हतियार (A.M.16-A2-१ थान, L.M.G. राईफल- १ नाल, SLR-१ थान, ३०३ राईफल-३ थान, SMG-२ थान, Pistol- ७ थान, Revelver-३ थान, घरेलु हतियार -५ थान)
• गोली राउण्ड बरामदी संख्याः- ४१७ राउण्ड
• डेटोनेटर- ४, डेटकर्ड—३१ मिटर
• बम बिष्फोटनका घटनाः- १८ वटा
• बम निष्कृय भएकाः- ९५
• आगजनी तथा तोडफोडका घटनाः- १० स्थान
• गृह मन्त्रालयले मिति २०७५।११।३० गतेको सुचनाअनुसार हतियार बुझाउनेको संख्या- ४८३
• गृह मन्त्रालयले मिति २०७५।११।३० गतेको सुचना अवधि पश्चात ३५ दिने सुचना जारी भए पछि हतियार बुझाउनेको संख्या- २८
• कुल जम्मा बुझाईएका हतियार संख्या-५११( अबैध-१८९, बैध-३२२)
• कुल जम्मा बरामद गोली राउण्ड-९९३( अबैध-५००, बैध-४९३)

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनु अगावै २०७५ बैशाख देखि फाल्गुन ९ गतेसम्म कूल १९० जना पक्राउ परेका थिए । जसमध्ये १७२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । प्रतिबन्धपछि फागुन यता ८७ जना विप्लव समूहका कार्यकर्तालाई कारागर चलान गरिएको छ ।

त्यस्तै, ७० जनामाथि अनुसन्धान थालिएको छ भने विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ५ सय ३६ जना विरुद्ध मुद्दा दर्ता गरिएका छन् । यो अवधिमा सोधपुछपछि ३९ जनालाई छाडिएको र ३ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भई छुटेका प्रहरीको तथ्यांक छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ५७ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४