विप्लव नेकपामाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए « Khabarhub

विप्लव नेकपामाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै उसका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ ।

यो चार महिनाको अवधिमा एक जना सर्वसाधारणसहित दुई पक्षतर्फ गरी १० जनाले ज्यान गुमाएका छन् । प्रहरीतर्फ एक जनाको मृत्यु भएको छ भने प्रहरीको कारबाहीमा विप्वल समूहका ३ जना मारिएका हुन् । त्यस्तै बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए ।

बुधबार भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएसँगै विप्लव समूहतर्फ ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । भोजपुरमा भएको घटनमा ओखलढुंगा इन्चार्ज रहेका नीरकुमार राई मारिएका हुन् । यसअघि भोजपुरमा १ र सर्लाहीमा १ जना मारिएका थिए ।

गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ को जंगलमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा एक जना विप्लव समूहका कार्यकर्ता मारिएका थिए । उक्त घटनामा विप्लव समूहका सर्लाही जिल्ला इञ्जार्च कुमार पौडेल मारिएका थिए ।

यो अवधिमा नेपाल प्रहरीतर्फ पनि एक जनाको मृत्यु भएको छ । बुधबार भोजपुरमा भएको गोली हानहानमा प्रहरी जवान सञ्जीव राई मारिएका हुन् भने अर्का एकजना प्रहरी घाइते भएका छन् ।

गत असारमा कुमार पौडेल मारिएको विरोधमा विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा बम विस्फोट हुँदा पाँच जना विप्लवका कार्यकर्ताले ज्यान गुमाएका थिए । उक्त घटनामा थप एक सर्वसाधारणको ज्यान गएको थियो ।

करिव पाँच महिनाको अवधिमा प्रहरीको कारबाहीमा विभिन्न जिल्लामा गरी विप्लवका ७ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।विप्लवका गतिविधिमाथि कडा निगरानी गरिरहेको प्रहरीले यो अवधिमा विभिन्न हात हतियार समेत बरामद गरेको छ ।

बरामद गरिएको तथ्यांक

• हतियार बरामदः- २३ नाल हतियार (A.M.16-A2-१ थान, L.M.G. राईफल- १ नाल, SLR-१ थान, ३०३ राईफल-३ थान, SMG-२ थान, Pistol- ७ थान, Revelver-३ थान, घरेलु हतियार -५ थान)
• गोली राउण्ड बरामदी संख्याः- ४१७ राउण्ड
• डेटोनेटर- ४, डेटकर्ड—३१ मिटर
• बम बिष्फोटनका घटनाः- १८ वटा
• बम निष्कृय भएकाः- ९५
• आगजनी तथा तोडफोडका घटनाः- १० स्थान
• गृह मन्त्रालयले मिति २०७५।११।३० गतेको सुचनाअनुसार हतियार बुझाउनेको संख्या- ४८३
• गृह मन्त्रालयले मिति २०७५।११।३० गतेको सुचना अवधि पश्चात ३५ दिने सुचना जारी भए पछि हतियार बुझाउनेको संख्या- २८
• कुल जम्मा बुझाईएका हतियार संख्या-५११( अबैध-१८९, बैध-३२२)
• कुल जम्मा बरामद गोली राउण्ड-९९३( अबैध-५००, बैध-४९३)

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनु अगावै २०७५ बैशाख देखि फाल्गुन ९ गतेसम्म कूल १९० जना पक्राउ परेका थिए । जसमध्ये १७२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । प्रतिबन्धपछि फागुन यता ८७ जना विप्लव समूहका कार्यकर्तालाई कारागर चलान गरिएको छ ।

त्यस्तै, ७० जनामाथि अनुसन्धान थालिएको छ भने विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ५ सय ३६ जना विरुद्ध मुद्दा दर्ता गरिएका छन् । यो अवधिमा सोधपुछपछि ३९ जनालाई छाडिएको र ३ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भई छुटेका प्रहरीको तथ्यांक छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ५७ बजे

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि