बागलुङमा ‘एक घर, एक धारा’ आयोजना सञ्चालन « Khabarhub

बागलुङमा ‘एक घर, एक धारा’ आयोजना सञ्चालन


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- एक घर, एक धारा’ पुर्‍याउने लक्ष्यसहित गलकोट नगरपालिका–२ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजना’को काम तीव्र गतिमा भइरहेको छ ।

संघीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुनेछ । दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बास्तोला निर्माण सेवाले आयोजना निर्माणको काम गरिरहेको छ ।

समितिका अध्यक्ष रुमबहादुर कुँवरका अनुसार २० घनमिटरको एउटा र १०÷१० घनमिटरका दुई वटा ट्यांकी बनिसकेका छन् । “५० घनमिटरको अर्को ट्यांकी निर्माणाधीन छ” उनले भने, “अहिलेसम्म २३ सय मिटर पाइपलाइन विछ्याइएको छ ।” ट्यांकी निर्माण र पाइप विछ्याउने काम धमाधम भइरहेको उनको भनाइ छ । आवश्यकता अनुसार थप ट्यांकी निर्माण हुनेछन् ।

सिङ्गो वडाभरि रहेका पानीका मुहानलाई केन्द्रित गरी आयोजनामार्फत घर/घरमा वितरण गरिनेछ । केही ठाउँमा मुहानको कामसमेत सकिएको छ । आयोजना बनेपछि वडाका ६५० घरधुरीमै खानेपानीको सहज पहुँच पुग्ने वडाध्यक्ष हेमन्त भण्डारीले बताए । “आयोजनाले एक घर, एक धाराको लक्ष्य पूरा गर्छ” उनले भने, “कामले गति लिएको हुँदा आयोजना समयमै पूरा हुनेमा हामी विश्वस्त छौँ ।”

संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत रहेको आयोजनाको लागत थप बढ्नसक्ने जनाइएको छ । बजेटका कारण काममा ढिलाइ हुने अवस्था नरहेको समितिका अध्यक्ष कुँवरले बताए । निर्माणको चरणमा भइरहेको कामको जाँच तथा अनुगमनको लागि सरकारी निकायबाट इञ्जिनीयर खटिएका छन् ।

खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी आयोजना शुरु भएपछि हर्षित छन् । गाउँलाई लक्षित गरी ठूलो खानेपानी आयोजना सञ्चालन हुनु वडाकै लागि गर्वको विषय भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । आयोजना बनेपछि वडाका सबै बस्तीमा खानेपानीको सहज सुविधा पुग्नेछ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ३५ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

अब कर्मचारीले वैदेशिक भ्रमण गर्नुपूर्व प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई