गाउँगाउँमा डोजर चल्दैमा विकास हुँदैनः मुख्यमन्त्री पौडेल « Khabarhub

गाउँगाउँमा डोजर चल्दैमा विकास हुँदैनः मुख्यमन्त्री पौडेल


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भिरपाखाहरु भत्काएर सडक बनाउँदैमा विकास नहुने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरले बुधबार आयोजना गरेको स्थानीय तह समन्वय बैठक एवम् ‘मकवानपुर’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पौडेलले गाउँ–गाउँका डाँडापाखामा डोजर चलाउनुभन्दा उत्पादनसँग जोडिने काम गर्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पौडेलले विगतमा भनिएजस्तै सिंहदरबार प्रदेश हुँदै स्थानीय तहसम्म आइपुगे पनि रित्तो आएको बताए । उनले स्रोत, साधन तथा जनशक्ति बिनाको सिंहदरबार आएको भन्दै प्रदेश लोकसेवा आयोगले १ वर्षभित्र कर्मचारी नियुक्त गर्न सक्ने अवस्थामा नरहेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समन्वय समितिलाई प्राप्त अधिकार तथा अख्तियारी किटान नहुँदा समस्या भएको बताए । प्रदेश मुख्य सचिव आनन्द ढकालले जिल्ला समन्वय समितिलाई अनुगमन, समन्वय र निकासका लागि मार्गदर्शन गर्ने भूमिका रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ४९ बजे

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत