सीप परीक्षणले कोरिया भाषा परीक्षा पास गरेका ५० प्रतिशत प्रभावित « Khabarhub

सीप परीक्षणले कोरिया भाषा परीक्षा पास गरेका ५० प्रतिशत प्रभावित


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० जनवरीदेखि रोजगारीका लागि आउने विदेशी श्रमिक हकमा अनिवार्य सीप परीक्षण गरेर मात्र लिने भएको छ ।

भाषामात्र पास भएर आएका विदेशी श्रमिकमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लक्ष्य लिएको हो । यसको प्रभाव भाषा मात्र अध्ययन गरेर सामान्य सीप भएका विदेशी श्रमिकमा पर्ने भएको छ ।

कोरियाको यो नयाँ नियमले कोरियन भाषा पास गरेर त्यहाँ रोजगारीका लागि जान्न प्रतिक्षारत ५० प्रतिशत श्रमिक प्रभावित हुने भएका छन्् । हाल, कोरिया सरकारले १४ वटा देशबाट रोजगारका लागि श्रमिक आपूर्ति गदै आएको छ ।

नेपालबाहेक अन्य ३ देशबाट कोरिया सरकारले भाषा मात्र पास गरेका कामदार लिदै आएको थियो । इन्डोनेसिया, कम्बोडिया, चीन र नेपालबाट भाषाका आधारमा कामदार लिदै आएको थियो । अब भने, यी देशबाट जाने कामदारका हकमा पनि सीप परीक्षण अनिवार्य गरेको छ ।

हाल, नेपालमा कोरिया भाषा अध्ययन गर्ने प्राय स्नातक र स्नातकोत्तर उत्तीर्ण धेरै युवा रहेका छन् । यस्ता युवा हातमा सीप नहुँदा कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेका छन् । कोरियाले सीपलाई प्राथमिकता दिएर कामदार लिने नयाँ नीतिले भने डिप्रेशन र अत्माहत्याको समस्या न्यूनीकरण हुने अनुमान गरिएको छ ।

कोरिया भाषा उत्तीर्ण गरेका कामदार तीन पटक सम्म परीक्षामा सामेल भएर कोरिया रोजगारीका लागि जान्न पाँउछन् । पहिलो भाषा र सीप परीक्षामा पाउने अंकका आधारमा, दोस्रो कोरियाबाट फर्केर विशेष भाषा परीक्षा उत्तीर्ण भएका र तेस्रो रोजगारदाता परिवर्तन नगरेका प्रतिबद्ध कामदार जान पाउने नयाँ व्यवस्थामा छ ।

कोरियाको मानव संसाधन केन्द्र विभाग (एचआरडी)ले भाषा परीक्षा मात्र उत्तीर्ण गरेका कामदार ल्याउदाँ रोजगारदाता र श्रमिक दुवैमा समस्या हुने गरेको बताउँदै आएको छ । रोजगारदाता कम्पनीले सम्बन्धित विषयमा अनुभव भएका श्रमिक प्रमाणपत्र, तालिम र शैक्षिक योग्यताका आधारमा लिन खोजिरहेको कोरियाको मानव संसाधन केन्द (एचआरडी) काठमाडौंकी निर्देशक पार्क सुङ हिलेले बताइकी छिन् ।

कोरिया सरकारले नयाँ प्रणालीको सुरुवातमा भाषासँग सीपलाई प्रथामिकता दिएको एचआरडी निर्देशक सुङ हिलेले बताइन । उनले भनिन, ‘विगतका वर्षहरुमा भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया जान योग्य मानिथ्यो । सीपमा अदक्ष हुँदा समस्या सिर्जना भइरहेको छ । जसका कारण श्रमिक र रोजगारदाता दुवैलाई असहज भइरहेको छ । भाषासँग सीपमा भएका कामदार लिदाँ कमाइसँग विदेशी श्रमिकको सुरक्षा हुन्छ ।’

सन् २०२० को कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। जसमा १२ हजार ९ जनाले भाषा उत्तीर्ण गरेका थिए । तीमध्ये ६ हजार ७ सय जनासम्म छनोट गरिने भएको छ । उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार छनोट गर्ने योजना एचआरडीको रहेको छ ।

इपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । सय अंकै सीप परीक्षण हुने भएको छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेपछि कोरिया रोजगार जान्न पाउने ग्यारेन्टी हुँदैन् सीपमा पनि दक्ष हुनुपर्ने वैदेशिक रोजगार इसीएस शाखा सूचना अधिकारी शोभाकर भण्डारीले बताएका छन् । उनले भने, ‘रोजगारदाताले भाषा भन्दा सीपका आधारमा श्रमिक छनोट गर्ने भएको छ ।

हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

सीप परीक्षामा उत्तीर्ण गरी करारपत्रमा हस्ताक्षर गरेपछि मात्रै कोरिया रोजगारीमा जाने ग्योरन्टी हुने देखिन्छ । कामदार कति जना जान्छन् भन्ने कुरा रोजगारदाताको मागमा भर पर्ने जनाइएको छ ।’

कोरिया भाषा उत्तीर्ण गरेका कामदार तीन पटक सम्म परीक्षामा सामेल भएर कोरिया रोजगारीका लागि जान्न पाँउछन् । पहिलो भाषा र सीप परीक्षामा पाउने अंकका आधारमा, दोस्रो कोरियाबाट फर्केर विशेष भाषा परीक्षा उत्तीर्ण भएका र तेस्रो रोजगारदाता परिवर्तन नगरेका प्रतिबद्ध कामदार जान पाउने नयाँ व्यवस्थामा छ ।

कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान शुरु गरेको थियो । भने, नेपालबाट सन् २००८ बाट मात्र कामदार लिन थालिएको हो । साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ।

हाल कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : ५३ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता