राप्ती किनारका बासिन्दा जोखिममा « Khabarhub

राप्ती किनारका बासिन्दा जोखिममा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् ।

नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया र फत्तेपुरवासीले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । तटबन्ध नहुँदा बाढीले बर्सेनी खेतीयोग्य जमीन कटान गरिरहेको छ । बर्सेनी तटबन्ध बन्ने र भत्किने क्रम जारी छ । करोडौँ लगानी भयो । अहिलेसम्म न गाउँ जोगियो न खेतीयोग्य जमीन । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरलगायत गाउँका बासिन्दा विस्थापित भएका थिए ।

हाल जनताको तटबन्ध कार्यक्रमले राप्ती किनारमा तटबन्ध निर्माण गरिरहेको छ । करीब रु एक अर्बको लागतमा राप्तीको कटान र डुबानको जोखिममा रहेका होलिया र फत्तेपुरमा १३ किलोमिटर पक्की तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण भइरहेका आठ प्याकेजमध्ये चार प्याकेजको काम सम्पन्न भएको छ । बाँकी ११ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम करीब ७५ प्रतिशत पूरा भइसकेको छ । तटबन्ध निर्माण गरेको ठाउँमा डरत्रास हटेको फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताए।

राप्ती किनारका बस्तीलाई बाढी तथा डुबानबाट पूर्णरुपमा सुरक्षित बनाउन नदीको दुवैतर्फ करीब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इञ्जिनीयर हरिश पन्तका अनुसार तटबन्ध निर्माणको काम तिव्रताका साथ भइरहेको छ । बाढीबाट हालसम्म एक हजार १२२ घर पूर्णरुपमा तथा १५ हजार ७३७ घर आंशिकरुपमा क्षति हुँदा करिब ८० हजार बासिन्दा प्रभावित भएका थिए । दक्षिण–पूर्वमा पर्ने मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करीब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गर्नुका साथै बालुवा खेतमा भरिएपछि सयौँ किसान भूमिहीन भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ११ : १० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको