राप्ती किनारका बासिन्दा जोखिममा « Khabarhub

राप्ती किनारका बासिन्दा जोखिममा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् ।

नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया र फत्तेपुरवासीले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । तटबन्ध नहुँदा बाढीले बर्सेनी खेतीयोग्य जमीन कटान गरिरहेको छ । बर्सेनी तटबन्ध बन्ने र भत्किने क्रम जारी छ । करोडौँ लगानी भयो । अहिलेसम्म न गाउँ जोगियो न खेतीयोग्य जमीन । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरलगायत गाउँका बासिन्दा विस्थापित भएका थिए ।

हाल जनताको तटबन्ध कार्यक्रमले राप्ती किनारमा तटबन्ध निर्माण गरिरहेको छ । करीब रु एक अर्बको लागतमा राप्तीको कटान र डुबानको जोखिममा रहेका होलिया र फत्तेपुरमा १३ किलोमिटर पक्की तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण भइरहेका आठ प्याकेजमध्ये चार प्याकेजको काम सम्पन्न भएको छ । बाँकी ११ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम करीब ७५ प्रतिशत पूरा भइसकेको छ । तटबन्ध निर्माण गरेको ठाउँमा डरत्रास हटेको फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताए।

राप्ती किनारका बस्तीलाई बाढी तथा डुबानबाट पूर्णरुपमा सुरक्षित बनाउन नदीको दुवैतर्फ करीब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इञ्जिनीयर हरिश पन्तका अनुसार तटबन्ध निर्माणको काम तिव्रताका साथ भइरहेको छ । बाढीबाट हालसम्म एक हजार १२२ घर पूर्णरुपमा तथा १५ हजार ७३७ घर आंशिकरुपमा क्षति हुँदा करिब ८० हजार बासिन्दा प्रभावित भएका थिए । दक्षिण–पूर्वमा पर्ने मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करीब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गर्नुका साथै बालुवा खेतमा भरिएपछि सयौँ किसान भूमिहीन भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ११ : १० बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका