सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल « Khabarhub

सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेटको अभाव हुँदैनः उपप्रधानमन्त्री पौडेल


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । रङ्गशाला अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकाले रङ्गशालालाई बजेटको अभाव हुन नदिने बताए ।

उपप्रधानमन्त्री पौडेलले सिद्धार्थ रङ्गशालाका लागि यस वर्ष रु तीन करोड बजेट छुट्याएको र आगामी दिनमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “तपाईंहरू उत्साहका साथ खेलकुदको विकासमा लाग्नुहोस् । यो रङ्गशाला लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो । यहाँ रहेका अधुरा कामहरू सम्पन्न गर्न लाग्नुस् । आर्थिक रूपमा कुनै समस्या हुँदैन ।”

रङ्गशालाबारे जानकारी दिँदै रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले यसलाई बहुवर्षीय योजनामा राखिदिन आग्रह गरे । उनले सिद्धार्थ रङ्गशाला काठमाडौँपछि स्तरीय रहे पनि त्यसको अनुपातमा बजेटको अभाव झेलिरहेको बताए ।

डेढ दशकमा रङ्गशाला निर्माणको काम करिब १६ प्रतिशत मात्रै छ । यहाँ हालसम्म करिब रु १२ करोड खर्च भइसकेको छ । न्यून बजेटका कारण यसको निर्माण समयमै हुन नसकेको अध्यक्ष थापाले गुनासो गरे ।

क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले विसं २०६८ मा भैरहवा र मूलपानीमा अन्तरराष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएकामा मूलपानी मैदानले गति लिँदा यहाँ भने कछुवा गतिमा काम भइरहेको बताए ।

सात हजार दर्शक अट्नेगरी प्यारापिटसहित अन्तरराष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले यो योजना अगाडि बढाएको थियो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० त्यसबेला कम्तीमा रु ३८ करोड लाग्ने जनाइएको थियो । तर, समयमै काम नहुँदा अब कम्तीमा रु ७० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : २६ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान