अस्पताल फोहर जलाउँदा बालबालिकामा भाइरलको समस्या, स्थानीय आन्दोलित « Khabarhub

अस्पताल फोहर जलाउँदा बालबालिकामा भाइरलको समस्या, स्थानीय आन्दोलित


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्ट्याउने, सङ्कलन तथा उचित विर्सजन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ’ भनिएको छ ।

त्यस्तै फोहरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गरिनुपर्ने व्यवस्था भए पनि उक्त अस्पतालले निस्किएको सबै फोहर जलाउने गरेको पाइएको हो । ऐनको उपनियम २ बमोजिम स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थाजन्य फोहरमैलाको प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्नुपर्ने व्यवस्था गरेको भए पनि सो अस्पतालले वर्षौदेखि अस्पतालबाट निस्किएको फोहर यसैगरी जलाउँदै आएको स्थानीयवासीको भनाइ छ ।

अस्पतालबाट निस्किएको फोहरमैलाको उचित व्यवस्थापन नहुँदा भाइरलको समस्या देखापरेको स्थानीवासी शान्ता निरौलाले बताइन् । उनले भनिनन्, “वर्षौदेखि यो अस्पतालले यसैगरी अस्पतालको सबै फोहर जलाउँदै आएको छ । जसका कारण बालबालिकामा भाइरलको समस्या देखा परेको छ ।” दमक नगरपालिका–१० मा रहेको सो अस्पतालले अस्पतालको पश्चिमतर्फ रहेको खाली जमीनमा फोहर जलाउने गरेको छ । फोहर जलाउँदा धुँवाका कारण बालबालिकामा स्वाशप्रश्वाशमा समस्या, भाइरल ज्वरो, खोकी लगेर अस्पताल नै लानु परेको उनले बताइन् ।

अस्पतालले तीन दिनदेखि खुरुखुरु दिउँसो अस्पताल परिसरभित्रै फोहर जलाएको भन्दै स्थानीवासीले अस्पतालका मेडिकल डाइरेक्टर डा मुक्तिप्रसाद भट्टराईलाई फोहर जलाउन बन्द नगरे अस्पताल घेराउ गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका – २०७० ले फोहरको सेग्रिगेशन, कलेक्सन, ट्रान्सपोर्टेशन, ट्रिटमेन्ट र अन्तिम विसर्जन छुट्टै योजना तयार गरी उपयुक्त प्रविधिबाट फोहरव्यवस्थापन गर्नुपर्ने भने पनि अस्पताल सञ्चालकले आफुखुशी फोहर अस्पताल परिसरभित्रै जलाउँदा मानवस्वास्थ्यमा अस्पतालकै कारण गम्भीर असर परेको बताइन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : २० बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले