ट्वीटरको नयाँ इन्टरफेस मन परेन ? यसरी प्रयोग गर्नुहोस् पुरानो इन्टरफेस « Khabarhub

ट्वीटरको नयाँ इन्टरफेस मन परेन ? यसरी प्रयोग गर्नुहोस् पुरानो इन्टरफेस


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माइक्रोब्लगिङ साइट ट्वीटर नयाँ इन्टरफेसका साथ प्रयोगकर्तामाझ आएको छ । पहिलेको भन्दा नौलो डिजाइन रहेका कारण यसलाई लिएर प्रयोगकर्ताहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यसबारे सामाजिक सञ्जालमा टिप्पणी पनि भइरहेका छन् । केहीले नयाँ इन्टरफेस मन पराएका छन् भने केहीलाई पुरानै ठिक थियो भन्ने लागिरहेको छ ।

तपाईंलाई पनि ट्वीटरको नयाँ इन्टरफेस प्रयोग गर्न असहज भइरहेको वा पुरानो इन्टरफेस नै ठिक थियो भन्ने लागिरहेको हुनसक्छ । यसका लागि प्रयोगकर्ताले पुरानै इन्टरफेसमा ट्वीटर प्रयोग गर्नसक्ने गरी पनि ट्वीटरले व्यवस्था गरेको छ । आखिर कसरी गर्ने त नयाँलाई पुरानोमा परिवर्तन ?

– सबैभन्दा शुरुमा ट्वीटरमा लग इन गर्नुहोस्

– त्यसपछि टाइमलाइनभन्दा बायाँ साइडमा ‘मोर’ लेखेको अप्सनमा क्लिक गर्नुहोस्

– त्यहाँ धेरै अप्सन देखिनेछन्

– त्यसपछि त्यहाँ ‘अबाउट ट्वीटर’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्

– त्यस अप्सनमा क्लिक गरेपछि स्क्रिनको दायाँ साइडमा धेरैवटा अप्सनहरु देखिन्छन्

– त्यसमध्ये ‘डाइरेक्ट्री’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्

अब तपाईंले पुरानो इन्टरफेसको ट्वीटर देख्न सक्नुहुनेछ । त्यसबाहेक ट्वीटरले तेश्रो पक्षका अन्य एक्सटेन्सन वा एप्लिकेशनमार्फत् पनि पुरानै शैलीको ट्वीटर प्रयोग गर्न सकिने जनाएको छ ।

यसका लागि तपाईंले सोही अनुसार तेश्रो पक्षका एक्सटेन्सन वा एप्लिकेशन इन्स्टल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : २६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय