हङकङ प्रदर्शनमा ऐक्यबद्धता जनाउने विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न चीनको निर्देशन « Khabarhub

हङकङ प्रदर्शनमा ऐक्यबद्धता जनाउने विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न चीनको निर्देशन


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकका कर्मचारी शहरमा जारी प्रदर्शनको समर्थन गरेपछि चीन सरकारले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको छ ।

केही दिन अघि क्याथी प्यासिफिकमा काम गर्ने ‘फ्लाइट एटेडेन्ट’ हरुको ट्रेड युनियनले हङकङमा जारी प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो । त्यसपछि चीनले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको हो ।

चीनले निर्देशन दिएसँगै चिनियाँ सामाजिक सञ्जालमा क्याथी प्यासिफिक बहिष्कार गर्नसमेत अभियान चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनको निर्देशन र चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताको अभियानका कारण क्याथी प्यासिफिकका सञ्चालकहरु भने ती कर्मचारीलाई बर्खास्त गर्न दबाबमा रहेको बताइएको छ ।

दुई महिनाअघि हङकङमा ल्याइएको विवादास्पद सुपुर्दगी विधेयकका कारण हङकङमा शुरु भएको प्रदर्शनले उग्र रुप लिइरहेका बेला क्याथी प्यासिफिकको ट्रेड युनियनले प्रदर्शनकारीप्रति ऐक्यबद्धता जनाउन विज्ञप्ति निकालेको थियो ।

प्रदर्शनकारीले हाल त्यहाँ अधिक स्वायत्तता र लोकतन्त्रको माग सहित प्रदर्शन गर्दै आएका छन् । हाल प्रदर्शनकारीहरु हङकङको विमानस्थल धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : २९ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : देउवाले महामन्त्रीद्वयलाई बोलाए

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती