हङकङ प्रदर्शनमा ऐक्यबद्धता जनाउने विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न चीनको निर्देशन « Khabarhub

हङकङ प्रदर्शनमा ऐक्यबद्धता जनाउने विमान कम्पनीका कर्मचारीलाई बर्खास्त गर्न चीनको निर्देशन


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकका कर्मचारी शहरमा जारी प्रदर्शनको समर्थन गरेपछि चीन सरकारले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको छ ।

केही दिन अघि क्याथी प्यासिफिकमा काम गर्ने ‘फ्लाइट एटेडेन्ट’ हरुको ट्रेड युनियनले हङकङमा जारी प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेको थियो । त्यसपछि चीनले उनीहरुलाई बर्खास्त गर्न निर्देशन दिएको हो ।

चीनले निर्देशन दिएसँगै चिनियाँ सामाजिक सञ्जालमा क्याथी प्यासिफिक बहिष्कार गर्नसमेत अभियान चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनको निर्देशन र चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताको अभियानका कारण क्याथी प्यासिफिकका सञ्चालकहरु भने ती कर्मचारीलाई बर्खास्त गर्न दबाबमा रहेको बताइएको छ ।

दुई महिनाअघि हङकङमा ल्याइएको विवादास्पद सुपुर्दगी विधेयकका कारण हङकङमा शुरु भएको प्रदर्शनले उग्र रुप लिइरहेका बेला क्याथी प्यासिफिकको ट्रेड युनियनले प्रदर्शनकारीप्रति ऐक्यबद्धता जनाउन विज्ञप्ति निकालेको थियो ।

प्रदर्शनकारीले हाल त्यहाँ अधिक स्वायत्तता र लोकतन्त्रको माग सहित प्रदर्शन गर्दै आएका छन् । हाल प्रदर्शनकारीहरु हङकङको विमानस्थल धर्नामा बसिरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  २ : २९ बजे

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि