आगामी भदौ १९ देखि काठमाडौंमा एसएमई फेयर हुने | Khabarhub Khabarhub

आगामी भदौ १९ देखि काठमाडौंमा एसएमई फेयर हुने


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साना तथा मझौला व्यवसायी महासंघ नेपालले आगामी भदौ १९ गते देखि राजधानीमा एसएमई फेयर २०१९ गर्ने भएको छ ।

महासंघले शनिबार पत्रकार सम्मेलन गरि एसएमई फेयर २०१९ बारे जानकारी गराएको हो । विश्व पर्यटन दिवसको सन्र्दभ पारेर महासंघले फेयर आयोजना गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ १९ देखि २३ गते सम्म हुने एसएमई फेयर २०१९ मा हस्तकला, काष्ट निर्मित, श्रृंगार, अल्लो र ढाकाका कपडा, छ्वाली, बाँसबाट निर्मित सामाग्रीको साथै खाद्य परिकारका १ सय स्टल रहने छन् । प्रर्दशनीमा विभिन्न संस्कृति झल्किने झाँकीको साथै ख्यातीप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम पनि गरिने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष बाबुकाजी महर्जनले महासंघ संग आवद्ध भएका व्यवसायीहरुको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा सकेसम्म वस्तु विविधतालाई प्राथमिकता दिईने बताए ।

महासंघले प्रर्दशनीमा सहभागी व्यवसायीहरुलाई चिनको हाईनानमा रहेको स्थायी बिक्री केन्द्रमा स्टल राख्नका लागि प्राथमिकता दिने जनाएको छ । हाईनान फाया फाया इन्भेष्टमेण्ट कम्पनी चाईनाले महासंघलाई हाईनन प्रान्तको बोआयो शहरमा १ सय भन्दा बिक्री केन्द्र (स्टल) निःशुल्क उपलब्ध गराएको छ ।

बोआयोमा निःशुल्क प्रदान गरिएको १ सय वटा बिक्री केन्द्र (स्टल)ले नेपालका व्यवसायीलाई आफ्ना उत्पादनको बजार प्रवद्र्धन र अन्तर्राष्ट्रियकरणका लागि ठूलो मद्दत पुर्‍याउने विश्वास महासंघका अध्यक्ष महर्जनले व्यक्त गरे ।

समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन एक घर, एक व्यवसाय प्रति प्रतिबद्ध भई व्यवसायीक एकतालाई मजबुत बनाउदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्दै आएको छ । महासंघको नेतृत्वमा समय समयमा व्यवसायीहरु अन्तर्राष्ट्रिय प्रर्दशनीहरुमा सहभागी भई आफ्ना उत्पादनको बजार प्रर्वद्धन पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ४ : २५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ