खाडलमा परेर दुई मजदुरको ज्यान गएपछि स्थानीयले तीन एक्साभेटर जलाए « Khabarhub

खाडलमा परेर दुई मजदुरको ज्यान गएपछि स्थानीयले तीन एक्साभेटर जलाए


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ ।

खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए ।

हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय भीमबहादुर स्याङ्तान र २३ वर्षीय सुमन स्याङतानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैद्धवारले बताए ।

खोलामा एक्साभेटरले खनेको खाल्डोमा परेर उनीहरुको ज्यान गएपछि आक्रोशित भएका गाउँवासीले सो खोलामा भएका तीन एक्साभेटर जलाएका छन् ।

आक्रोसित गाउँवासीले उचित क्षतिपूर्ति दिनुपर्ने, खोलामा मेसिन हाल्न बन्द गर्नुपर्ने र खोलामा मेसिन लगाउनेलाई कारवाहीको माग गर्दै पदर्शन गरेका छन् ।

यस वर्षदेखि दरिङ्गाल खोलामा एस्काभेटर लगायतका ठूला मेसिन प्रयोग गरेर बालुवा झिक्ने गरेपछि मजदूर विस्थापित भएका थिए । जोखिम मोलेर बालुवा झिक्न गएका बेला उनीहरु गहिरो खाडलमा फसेपछि हराएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ५ : १० बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते