चीनमा आएको आँधीमा १८ जनाको मृत्यु « Khabarhub

चीनमा आएको आँधीमा १८ जनाको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनमा आएको लेकिमा नामक आँधीमा परी कम्तीमा १८ जनाको ज्यान गएको छ ।

आँधीले उत्तर पूर्वी चीनको तटीय क्षेत्रमा शनिबार बिहानैबाट भारी वर्षा गराएको र वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

बाढी र पहिरोका कारण अरु १४ जना हराइरहेको र दश लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

१८७ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी हाल झेजियाङ प्रान्ततर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ । आँधीले चीनको आर्थिक राजधानी मानिने साङ्घाई शहरलाई समेत प्रभावित बनाउने अनुमान गरिएको छन् ।

आँधीलाई मध्यनजर गर्दै साङ्घाई शहरका १ हजारभन्दा धेरै विमानको उडान रद्द गरिएको छ भने रेलसेवा पनि रोकिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : ०७ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको