चीनमा आएको आँधीमा १८ जनाको मृत्यु « Khabarhub

चीनमा आएको आँधीमा १८ जनाको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पूर्वी चीनमा आएको लेकिमा नामक आँधीमा परी कम्तीमा १८ जनाको ज्यान गएको छ ।

आँधीले उत्तर पूर्वी चीनको तटीय क्षेत्रमा शनिबार बिहानैबाट भारी वर्षा गराएको र वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

बाढी र पहिरोका कारण अरु १४ जना हराइरहेको र दश लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

१८७ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी हाल झेजियाङ प्रान्ततर्फ अघि बढिरहेको सिन्ह्वाले जनाएको छ । आँधीले चीनको आर्थिक राजधानी मानिने साङ्घाई शहरलाई समेत प्रभावित बनाउने अनुमान गरिएको छन् ।

आँधीलाई मध्यनजर गर्दै साङ्घाई शहरका १ हजारभन्दा धेरै विमानको उडान रद्द गरिएको छ भने रेलसेवा पनि रोकिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : ०७ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको