यमनका हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण « Khabarhub

यमनका हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना– यमनमा सक्रिय हुथी लडाकु समूहले साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी चालकरहित विमान ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ ।

हुथी विद्रोही आबद्ध अल मशिरा टेलिभिजनले अबहा विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको हो । अल मशिराले हुथी विद्रोहीका वरिष्ठ सैनिक श्रोतलाई उद्धृत गर्दै विमानस्थलको इन्धन डिपो र कन्ट्रोल टावरलाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

आक्रमणबारे साउदी पक्षबाट भने कुनै टिप्पणी सार्वजनिक भइसकेको छैन । यद्यपि दुबईमा रहेका अल अरबिया टेलिभिजनले भने विमानस्थलको हवाई सेवा सामान्य रुपमा नै सञ्चालन भइरहेको जनाएको छ ।

हुथी विद्रोहीले साउदी अरबको अबहा विमानस्थललाई लक्षित गरी बेलाबेला ड्रोन आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : २३ बजे

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको