सामुदायिक वनलाई सम्मान « Khabarhub

सामुदायिक वनलाई सम्मान


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- चौथो राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा झापामा उत्कृष्ट निजी तथा सामुदायिक वनलाई सम्मान गरिएको छ ।

मेचीनगरस्थित कालिका सामुदायिक वनमा आयोजित कार्यक्रममा जिल्लामै निजी वनतर्फ प्रथम हुने लक्ष्मी योञ्जन लामा, द्वितीय डिल्लीराम शिवाकाटी र तृतीय हुने कर्णखर चौलागाइंलाई क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगदले सम्मान गरिएको थियो ।

यसैगरी, सामुदायिकतर्फ प्रथम हुने आदर्श नमूना सामुदायिक वन, द्वितीय हुने दुर्गाभिट्टा सामुदायिक वन र तृतीय हुने शनि सामुदायिक वनलाई क्रमशः रु छ हजार, पाँच हजार र तीन हजारका दरले सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सांसद गोपालचन्द्र बुढाथोकीले सम्मान गरेका थिए । थियो ।

सामुदायिक वन महासङ्घ र डिभिजन वन कार्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा वृक्षरोपणसमेत गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ५५ बजे

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा